बिराटचोक,५ फागुन । सुन्दरहरैचाको बिराटचोकमा जारी प्रथम प्रदेश स्तरिय नकआउट फुटबल प्रतियोगिताको आज भएको सेमी फाइनल खेलमा राष्ट्रिय जागृती क्लब सुनसरी लाइ आयोजक झरना युबा क्लवले शुन्यको बिरुद्द ५ गोलले हराउदै बिजयी भएको छ ।
आज भएको सो खेलमा झरना युबा क्लबको खेलाडी बिजय भुजेलले क्रमस ११,१५,३५ ,५६ मिनेटमा ४ गोल गरेका थिए त्यसैगरी दोर्जे तामाङ्गले ६०औ मिनेटमा गोल गर्दे आयोजक टीमलाई बिजयी बनाएका छन् । यो जितसंगै आयोजक झरना युबा क्लब फाइनलमा प्रबेश गरेको छ।
आजको खेलको टीमका लागी र बैगतिगत ४ गोल गर्न सफल खेलाडी बिजय भूजेल म्यान अफ द म्याच घोषीत भाएका छन उनले नगद रु २१०० र मेडल प्राप्त गरे।
यो जित संगै आयोजक टीम ले भोलि हुने दोस्रो सेमी फाइनल खेल धरान सिटि फुटबल एकेडमी, सुनसरी र झापा फुटबल क्लब, झापा को बिजेता संग ७ गते फ़ाइनल खेल खेलनेछ ।
आजका खेलका उत्कृस्ट तस्विरहरु :
























