✍️ महेश आचार्य

- उधम गरे आत्मा सम्मान मात्रै प्राप्त हुने हैन आम्दानी पनि मेहनत अनुसार नै हुन्छ । नोकरीमा आम्दानी सिमित वा सिमा भित्र हुन्छ भने उधममा आम्दानीको सिमा रहने छैन । मान्छेहरु काम नभएको काम नपाएको बिलौना गर्ने गर्छन् । तर काम कोहि कसैले खोज्दै गर्दा आफुले पनि काम खोजि हिड्ने । म जस्ता धेरैलाई कामको परिवन्ध मिलाउन सक्छु भनेर कमै मान्छेले सोच्ने गरेका हुन्छन् ।

संसार भरमा सफलउधमी वनेका मान्छेहरुको सफलताको कथा नियाल्दा सुरुवात अति सामान्य हुन्छ । तर उनिहरु सफल उधमीका रुपमा स्थापित भएका हुन्छन् त्यसकारण सानो उधम शुरु गरे भविष्यमा ठुलो उधमि पक्कै वन्नु सकिने विश्वास गर्न सकिन्छ।

२०७७ फाल्गुन ५ गते हामी कोशि ब्यारेकवाट बिराटचोक फर्कदै थियौ । त्यसै क्रममा सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नजिक राजमार्ग छेउमा । भेटिएकी दुई छोरी कि आमा जो तराईवासी महिला थिईन । उनको सडक छेउमै रहेको ठेला गाडाको चटपटी पसल र ठेला छेउमा सानो घरायसी चुलो जडान गरि वनाईएको चाउमिनको भट्टी र एकीकृत चाउमिन,चटपटी ब्यवसाय भित्रीको कथा समेटेको ......!

यिनको परिवारमा श्रीमान् दुई छोरी र उनी सहित चार जना मुख्य छन् । श्रीमान् पेसाले निज्यालादारी गर्ने रहेछन् झापाको दमकमा उनी सुनसरीमा यो ब्यवसाय गर्छिन । उनिहरुले यी काम गरेर मासिक कम्तिमा दुबैले ४० हजार जति जुगाड गर्ने रहेछन् । यो चटपटी,चाउमिन वाट दैनिक दुई हजार सम्म कारोवार हुने रहेछ भने नाफा कम्तिमा ४० प्रतिशत हुने रहेछ ।

हसिलो मुस्कान चिल्लो कालो वर्ण चम्किला उज्याला दात सहितको सडक किनाराको ब्यवसाय मेहनती हात यिनको ब्यवसायिक सफलता,सम्बन्ध र आकर्षण हो । कमाई गरेको रकम वाट जमिन,सुनचाँदी गरगहना खरिद, वा घर निर्माण वा अन्य कुनै सम्पत्ति जोड्नुको लागि नभएर ती दुई छोरीहरु बैवाहिक कर्ममा आवश्यक पर्ने दाईजो जुटाउन यी सबै गरि रहेको बताउछिन् । यो कथा दाईजोसंग जोडिएको छ । दाईजो प्रथाको ब्यवहारिक अनत्य गरिनु जरुरी छ । भन्ने मलाई लाग्यो जव सबै काम र कमाईको बचत दाईजो संग जोडिन पुग्यो ।

मलाई मधेसको दाईजो प्रथा प्रति घृणा जाग्यो । यो प्रथाले समाजमा गरिबी बढ्नुको साथै बिकृती मौलाउदै जाने छ,गएको छ त्यसकारण पनि दाईजो प्रथालाई सामाजिक बहिस्कार गरौ । दाईजो कै कारण मधेसमा त्यसै धेरै चेलिहरुको चित्तकार सुनिएको हैन रहेछ भन्ने मलाई लाग्यो र मैले यस विषयलाई यहाँ दस्तावेज वनाउने कोसिस गरेको छु । यो/यिनको उधमको पछि लुकेको दाईजो कथालाई यही विश्राम गरेको छु ।

प्रस्तुती : महेश आचार्य
बिराटचोक,मोरङ