पथरी शनिश्चरे, ९ फागुन । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका कक्षा ५ सम्मका सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा व्यवस्थापनका विषयमा नगरको ‘दिवा खाजा व्यवस्थापन कार्यक्रम कार्यान्वयन् संयन्त्र उपसमिति’को आज बैठक बसेको छ ।

नगर उपप्रमुख एवम् उपसमिति संयोजक यमुना विष्ट वास्तोलाको अध्यक्षताको बैठकले सरकारले तय गरेको मापदण्ड र तोकेको खर्चको परिधिमा रही जंकफुड बाहेक स्थानीयस्तरमा उत्पादित बस्तुलाई आलोपालो गरेर विद्यालयले विद्यालयमै खाजाको व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको छ ।

खाजा व्यवस्थापनको अवस्था बारे उपसमितिले अनुगमन् गर्दै विद्यार्थीहरुको शत प्रतिशत उपस्थिती गराई गुणस्तरीय शिक्षामा अग्रसर बनाउने कुरामा उत्प्रेरित गराउने उपसमितिका सदस्य सचिव शालिग्राम काफ्लेले जनाउनु भयो ।