बिराटचोक,१४ फागुन । मोरङको सुन्दरहरैचा उधोग बाणिज्य संघको निर्वाचन तालिका सार्वजनिक भएको छ । सुक्रबार बाणिज्य संघको पदाधिकारीहरु बिच छलफल गरी निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
निर्वाचन समिती संयोजक केशब अधिकारी र सदस्यहरु रामप्रसाद गजुरेल,अर्जुन बस्नेत द्वारा हस्ताक्षरीत सुचना अनुसार यहि आउदो फागुन २१ गते देखि २२ गते सम्महुने संचालक समिती र लेखा समितीको निर्वाचन तालिका प्रस्तुत गरीएको छ । निर्वाचनको सम्पूर्ण जानकारीका लागि सचिवालय सुन्दरहैचाको पुस्तकालय कक्षमा रहने पनि जानाकारी गराएको छ ।





















