डेनमार्क , १४ फागुन । प्रवासी नेपाली एकता मञ्च डेनमार्कले देशको बदलिदो परिस्थिीतीमा आफुहरुको समर्थन विगतमा पनि र अहिले पनि पार्टी अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओली लाई नै रहेको जनाएको छ । मञ्चका अध्यक्ष शिव चापागांईद्धारा जारी विज्ञप्तीमा सर्वाैच्च अदालतको प्रतिनिधी सभा पुर्नस्थापनाको फैसलाको सम्मान गर्दै राजनितीक परिस्थितीलाई लिकमा ल्याउन समृद्धी र शुशाशन कायम गराउन देशलाई प्रधानमन्त्री ओली कै आवश्यकता भएको उल्लेख गरिएको छ ।
“सबै फैसला हरु अपेक्षित र जनमुखि नै हुन्छन भन्ने छैन तर न्यायलयको फैसलाको सम्मान गर्न सक्नुपर्छ ”चापागाई द्धारा जारी विज्ञाप्तीमा भनिएको छ “ यो फैसलाले प्रधानमन्त्रीले सेटिड र जालझेल गरेको भन्ने आरोपलाई पनि झुट सावित गरिदिएको छ ।” विज्ञाप्तीमा अब पुनस्थापना भएको संसदले निम्ताउन सक्ने अस्थिरता, भ्रष्टाचार , र ब्याक्ति केन्द्रित स्वार्थको गलत राजनितीक अभ्यासलाई निस्तेज पार्न पनि देश तथा विदेशमा रहेका नेपाली हरु सजग हुनु पर्ने जनाइएको छ ।
संसदलाई जनउत्तरदायी भएर काम गर्न पनि अनुरोध गरिएको छ । प्रम ओलीको विघटनको कदम सहि या गलत के थियो भन्ने यथार्थता विस्तारै समय संगै प्रष्ट हुदै जाने भन्दै विकास र समृद्धीको यात्रामा ओलीले लिएको निर्णयलाई सदा समर्थन गर्ने पनि मञ्चका सचिव रविन कार्कीको भनाई छ ।
जनताको माझमा गएर आफुलाई परिक्षण गराउन तयार हुने कुनै पनि नेतृत्व या दलको सहासलाई आफुहरुले सम्मान गर्ने मञ्चको विज्ञाप्तीमा उल्लेख छ । देशको विषम राजनितीक परिस्थितीमा आफुहरु विदेशमा भएपनि सदा सजग रहेको भन्दै मञ्च सदा राजनितीक राजनितीक स्थायित्व र लोकतन्त्रको पक्षमा रहेको जनाइएको छ ।
हेर्नुहोस बिज्ञप्ती :





















