काठमाडौं– तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमणको विषयबस्तुमा निर्माण भएको फिल्म ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ १३ असारबाट प्रदर्शनमा आउने भएको छ ।
प्रदीप खड्गीको निर्देशन रहेको यो फिल्म फोकस पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । ‘ऐतिहासिक फिल्म बनाउने वर्षौंको सपना अहिले साकार भयो’ निर्देशक प्रदीपले भने ‘कीर्तिपुरबासी भएकै नाताले पनि रहस्यको गर्बमा रहेको कीर्तिपुर आक्रमण घटनालाई फिल्ममा उतार्न सफल भएको छु ।’
साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित फिल्म ‘कीर्तिपुर’मा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित लगायतको अभिनय रहेको छ ।
विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ निर्माता रहेको फिल्मलाई सेन्सर बोर्डले यो यूनिभर्सल सर्टिफिकेट दिएको छ ।




















