✍️पुरुषोत्तम पौडेल

अहिले हाम्रा अगाडी तिनवटा कार्यभार थिए । पहिलो: पार्टी एकतालाई जोगाई राख्नु र अझ मजवुत वनाएर अघि वढाऊनु , दोश्रो: सरकारलाई जनमुखी वनाऊदै देश र जनताको नजरमा सफल वनाउनु, अनी तेश्रो: देश र समाजमा व्याप्त अन्याय, अत्याचार र भ्रष्टाचार सहित सवै खाले विकृति विसंगतीहरूलाई सफाई गरेर जनतालाई न्याय, विकाश र राहत सहित उत्साही वनाऊदै अघि वढ्नु आदी । तर आज हामी कहा आई पुगेका छौ र के गरि रहेका छौ ? सवैले एक पटक मात्र ठन्डा दिमागले आफै तिर नियालेर हेरे छर्लङ्ग हुन्छ । आफ्नै कर्तव्य र करनामााले हामी कता जादै छौ । गम्भीर समिक्षा गर्नु आवस्यक छ । रियलमा हामी यतीखेर आफैले आफ्नै डरलाग्दो मृत्युको चिहान खनिरहेका छौ ।

आज हामी छदा खादाको झण्डै दुई तिहाइ बहुमत रहेको पार्टीलाई विभाजीत गरेर दुई टुक्रा वनाएर हासी रहेका छौ । कतै कतै त अस्वाभाविक ढंगले कम्मर हल्लाई हल्लाई नाचिरहेका छौ । आफैले सिर्जना गरेको नेकपालाई विभाजीत गरेर मात्र हामी पुरै अघाएका छैनौ । अदालतले उपहारमा दिएको नेकपा एमालेलाई पनि हामी उही वाटोमा लगी रहेका छौ । किन हो कोनी ? हामीलाई एक्लै वस्ने र एक्लै हास्ने रूची वढिरहेको छ । हामीमा एक्लै बसेर बाक्लो दाल खाने रहर जागा ज्योती भईरहेको छ । किन हो किन हामी समाजवादी त हुनै सकेनौ, सकेनौ । कमसेकम सामाजीक पनि हुन सकिरहेका छैनौ । किन हो ? दुनीया नेपाली कम्युनिष्टहरूको तमासा हेरेर छक्क परी रहेको छ । हामी अझ मच्ची मच्ची तमासा देखाई रहेका छौ । अरू तिर औलो देखाएर हामी स्वयं तमासा भैरहेका छौ ।

दुनीयालाई गज्जव लागीरहेको होला । हिजो कम्युनिष्ट हरूलाई गफ गर्न मात्र आऊछ । यिनीहरूलाई काम गर्न पटक्कै आऊदैन, भन्ने गर्थे । हामीले मुहतोड जवाफ दियौ ? कम्युनिष्टहरू मिलेर वस्न पनि सक्दैनन, काम गर्न पनि जान्दैनन भन्थे । त्यती मात्र होईन कम्युनिष्टहरू ठाऊ पाऊने वित्तिकै तानाशाही हुन्छन, भनेर आरोप लगाऊथे । हामीले त्यसको पनी भलीभाती खण्डन गर्यौ । हामीले प्रजातन्त्रको पक्षपोषणको कुरा गर्यौ । जमेर नैसर्गीक मानव अधिकार रक्षाको वकालत गर्यौ । पार्टीको सिध्दान्त र कार्यक्रमलाई नै 'जनताको वहुदलीय जनवाद' वनायौ । लोकतान्त्रिक आन्दोलनको अगुवा भएर आन्दोलन गर्यौ । अव आज मौका पर्ने वित्तीकै सवै चिजलाई धोती लगाइ दिएर दुनीयाका अगाडी आफ्नो तागत देखाऊन, आफ्ना आलोचक सहकर्मीहरू र विचारसँग मेल नखाने सहयात्रीहरूलाई तह लगाउन चरम निरङ्कुश काईदाको अभ्यास गरिरहेका छौ ।

भनिन्छ निरंकुशता आफैमा सम्पूर्ण हुन्छ । त्यो सर्वज्ञानी पनि हुन्छ । त्यसले नजानेको र नबुझेको केही हुदैन रे । सर्व ज्ञान-निदान भएरनै त्यो निरङ्कुश हुने हो । उसले आफ्नो हित र सुरक्षालाई सम्पूर्ण ठानेको हुन्छ । उसले देश, जनता र आफ्नो सम्पूर्ण राज्यलाई नै आफु र आफ्नो सुरक्षाको निम्ती प्रयोग गर्ने साधन मात्र वुझेको हुन्छ । यती मात्र होईन निरङ्कुश शाशकले देशका जनतालाई समेत आफ्नो हितको रक्षाका लागी प्रयोग गरिने वस्तुको रूपमा बुझेको हुन्छ । संसारका ठुल ठुला निरङ्कुश शासकहरूको कथा पढ्दाखेरी थाहा हुन्छ । उनिहरू आफैलाई राज्य र शासक दुवै वुझ्ने गर्दथे । फेरी पनि संसारमा तिस चालीस वर्ष शासन चलाएका निरङ्कुश शासकहरू समेत थाहै नपाई नराम्रो संग पछारिएका छन । त्यस्ता तानाशाही प्रविर्तीका कथित निर्वाचित शासकहरू त क्षणिक पात्र मात्र देखिने गरेका छन ।

संसार भरिका अशल शाशकहरू वहस, छलफल र त्यसबाट निस्कने निष्कर्षका आधारमा अघि वढ्ने गर्ददछन । उहिले उहिलेका आदर्श शासकहरू समेत आफ्नो दरबारमा विद्वान विदुषीहरूलाई सम्मानका साथ राख्ने गर्दथे । खास खास वेलामा खास विषयमा शास्त्रार्थ गराएर विषयको गहिराइ सम्म पुग्ने गर्दथे । विद्वान र अनुभवी सल्लाहकारहरू राखेर, उनिहरूको सल्लाह बमोजिम अशल नियतले देशको शासन संचालन गर्नु अशल शासकहरूको लक्षण हुन्थ्यो । प्राचीन विधेय राज्य जनकपुरका राजा जनकले गार्गी, अष्टावक्र जस्ता तत्कालीन घघडान विद्वानहरूलाई दरबारमा सम्मान साथ राखेको उदाहरण पाइन्छ । आधुनीक नेपालका निर्माता पृथ्वीनारायण शाहले पनि राज्यका मामलामा विसे नगर्ची देखी लिएर थुप्रै विद्वान पण्डितहरूको सल्लाह लिएर काम गर्ने गरेका उदाहरण पाइन्छन । तर आजको नेपालमा हाम्रा शासक कडा छन । आफ्नै राजनैतीक दललाई समेत बुख्याँचा वनाएर एकल शासन गरिरहेका छन । यो एकल शासन दलको नाममा एऊटा तानाशाही प्रवृतीको उदय वाहेक केही पनि हुन सक्दैन ।

तानाशाही प्रविर्ती विचार हिनताको मूर्त अभिव्यक्ति हो । मान्छेले विवेक गुमाउदै गएपछि यस्तो खालको उपाय खोज्ने गर्दछ । आफ्नो कमजोरी लुकाउन मान्छेले तानाशाही वाटोलाई नै उचित ठान्ने गरेको छ । अनी अशलमा तानाशाहहरू लाई विद्वता वकवास लाग्दछ । कतिपयको त प्रश्न हुन्छ " गौतम वुध्द पढेर महात्मा भएका हुन र ? कालीदास पढेर विद्वान भएका हुन र ? गिरिजा प्रसाद कोईरालाले सात सात चोटी प्रधान मन्त्री विद्वताले चलाएका हुन र ? अवस्य होईन । अझ उनिहरू भन्दछन " महात्मा गान्धी पनि विद्याको कारणले मात्र सम्मानीत भएका होईनन " । त्यहा त त्यागको कथा, भाषणका संग्रह, कथाहरूको पुलिन्दाले समेत काम गरिरहेको छ । त्यती मात्र होइन । ज्ञान, गुण र विद्वता कहि पनि खेर गएको छैन । तर यसले मात्र शासक सफल हुने होईन । उनिहरूको बुझाइमा शासकलाई छडी दिईएको हुन्छ । अन्ततः छडी र दण्ड विधान चलाउने शासक मात्र सफल हुन्छ ।

उनिहरू लेनीनवादी हुन तर लेनिनको सफलताको कथा पढ्दैनन । उनिहरू आधुनिक लोकतन्त्रको वकालत गर्दछन । तर नेलशन मण्डेलाको सहकार्यको सफलताको कथा वुझ्दैनन । उनिहरू जीम्मेवारीता र जवाफदेहीताले शासकलाई वलियो वनाऊने कुरा मान्दैनन । उनिहरू विनम्रता र सभ्यता महान मानिसका गुण हुन भन्नेकुरा वुझ्दैनन । जति महान व्यक्तीत्व त्यती विनम्रता भन्ने कुरा स्वीकार गर्दैनन । विद्वता र आत्मसम्मान जहिले पनि आदर योग्य हुन्छ । सामुहिक भावना प्रेम र सद्भावले सवैलाई महान वन्न सघाएको हुन्छ । उनिहरू यसलाई पनि स्वीकार गर्दैनन । त्यसैले त उनिहरू दण्ड संहिताको प्रयोगमा अग्रसर भएका छन । आलोचनाको वाटो वन्द गर्न आक्रामक छन । यस क्रममा उनिहरू आफ्नो तत्कालीन तिन कार्यभारहरू समेत भुलिरहेका छन । उनिहरू केवल प्रसंसकहरूको ओदान माथी वसेर देश लाई एकछत्र बनाउने सपना देखिरहेका छन । के यो लोकतन्त्रलाई विपरीत दिशा निर्देश गर्ने निरंकुशता तिरको यात्रा होईन र ? के यस्तै हो उनिहरूको अशली लोकतन्त्र ? जय होस उनिहरूको लोकतन्त्रको । जय जय होस उनिहरूको लोकतान्त्रिक गणतन्त्रको ।।।