सम्माननीय प्रधानमन्त्री एवं एमाले अध्यक्ष श्रद्धय केपी ओली
हार्दिक अभिवादन,
यहाँले त पक्कै बुझ्नु भएकै छ , त्यसैले यहाँलाइ सम्झेर हैन कि निजि स्वार्थको कारण यहाँको पछाडी लागेर यहाँको भजन गाउने अनि अरु सबैलाइ चाहिं अनेकन आरोप लगाउनेहरुलाइ सम्झेर सुरु मै भन्नु पर्छ कि अलोकतान्त्रिक , असंवैधानिक संसद विगठन हुँदै यहाँको असहिष्णुताले एमाले विभाजन तर्फ अगाडी बढिरहेको वर्तमानमा म यहाँको समर्थक हैन आलोचक नै हुँ। यति सुरुमै लेखिदिए पछि त कमसेकम पुरै नपढी दुई लाइन पढेर नै सिंगो लेखलाइ यस्तो उस्तो भन्ने विचराहरुले मैले यो आलेख केपी ओलीको चाकरी गर्न लेखेको भन्न त पाएनन नि ।
अव चाहिं सम्माननीयज्युलाइ त म यहाँको राजनीतिक जीवनलाइ आदर्श मान्ने , यहाँको इतिहासको सम्मान गर्ने अनि कतिपय सन्दर्भमा यहाँको भूमिकालाइ सवै भन्दा उत्कृष्ट मान्ने र त्यो आफ्नो मान्यतालाइ प्रष्ट संग लेख्ने मानिस हुँ भनेर स्मरण गराइरख्नु पर्दैन पक्कै । हामि ति थोरै मध्य एक हौँ जो यहाँलाइ गुण्डाको संरक्षक भन्दा त्यसको प्रतिवादमा उत्रिने , तथ्य खोजेर त्यसको खण्डन गर्न तम्सिने ! हामि त्यही हौँ जसले यहाँहरुलाइ शान्ति विरोधी , परिवर्तन विरोधी वा यस्तै यस्तै भन्दा त्यसको खण्डन गर्यौं । अतिवादका विरुद्ध यहाँले राखेका अडान , देशको अखण्डताको सम्वन्धमा यहाँले राखेको अडान देखि देशका शासन संयन्त्रहरुको मजबुति प्रतिको यहाँको प्रतिवद्धताको खुलेर प्रशंसा गर्यौं ।
त्यो पनि त्यति बेला गर्यौं जतिबेला यहाँसंग पार्टी सत्ता वा सरकारको वागडोर थिएन , अझै कतिपय बेला त्यो दुर दुरसम्म देखिने अवस्था थिएन । त्यसकारण हामिलाइ यहाँको खुलेर आलोचना गर्ने हक छ , विगत सम्झेर वर्तमानमा यहाँबाट सकारात्मक पहल कदमीको अपेक्षा गर्ने हक छ । हामि त्यो हक किन पनि राख्छौं भने यहाँको गौरवपूर्ण त्याग र वलिदानीको सम्मान यहाँको सेख पछि पनि गरिरहने छौं र गर्न अरुलाइ पनि प्रेरित गरिरहने छौं भलै अहिले यहाँको सत्ताको न्यानो पाएकोले चाहिं त्यतिवेला यहाँको उछितो काढीरहेको हुनेछन ।
त्यही हकले गर्दा अनि यहाँको इतिहास प्रतिको सम्मान र भविश्य प्रतिको चिन्ताले वर्तमानमा यहाँको केहि गलत सोचहरु वदलिउन , केहि गलत कदमहरु फिर्ता हुन अनि केहि सकारात्मक पहल कदमी होस भन्ने अनुरोध गर्दछु । यहाँको वर्तमानमा कडा आलोचक हुँदा हुँदै पनि समग्रमा यहाँको शुभचिन्तक हुनुको नाताले याहाँले निम्न काम गरिदिनु हुने आशा राख्दछु ;
१. नेकपा एमालेको निर्माण देखि यसको संरक्षणमा यहाँको ठुलो भूमिका छ तर अहिले यहाँले असहिष्णु भएर खेदी रहनु भएको माधव नेपाल, झलनाथ खनालहरुको भूमिका यहाँको भन्दा कम छैन , त्यसैले हिजो दुख सुख सम्झेर , वहाँहरुको योगदान सम्झेर वहाँहरुसंग शत्रुता खत्तम गरेर मित्रताको पुरानो कडी जोडनुस ।
२. त्यसै पनि आफ्नो वहुमत छ भन्ने दावी गर्नु भएको नेकपा एमालेको वैधानिक केन्द्रिय कमिटिलाइ क्रियाशील गर्नुस , त्यसो गर्न केवल आफ्नो वहुमत पुर्याउनको लागि थपिएका केहि असल र कर्मिजिवी अनि धेरै नालायक स्वार्थीहरु सहितलाइ गरिएको अवैधानिक मनोनयन खारेज गर्नुस ।
३. हिजो यहाँको एक्लो निर्णयले, आधा सत्ता नेतृत्व सहितको सहमतिमा गर्नु भएको एकाताले बनेको नेकपामा हुँदा समेत यहाँले हस्ताक्षेर गरेको सहमति विपरित यहाँलाइ पुरा कार्यकाल प्रधानमन्त्री अनि निरन्तर अध्यक्ष रहन दिने सिफारिश गर्ने तत्कालिन कार्यदल सदस्य रहनु भएका नेताहरु भिम रावल, सुरेन्द्र पाण्डे लगायत नेताहरुलाइ अनावश्यक पूर्वाग्रह राख्ने , कारवाही गर्ने भन्दा देशमा रहेको वाहाँहरुको लोकप्रियता अनि पार्टीमा वहाँहरुको आवश्यकता समेत मनन गरेर वहाँहरुलाइ सम्मान सहित संवादमा फर्काएर सहकार्यको नया अध्याय सुरु गर्नुस , विश्वास गर्नुस कि पार्टीको आवश्यकताले वैधानिक ढंगले कसलाइ काहाँ नियुक्ति दिने कहाँ जिम्मेवारी दिने भन्नेमा वहाँहरुले नै न्यायोचित निर्णय गर्न सहजता गर्नु हुनेछ ।
४. लामो समयसम्म यहाँको समेत नेता रहनु भएका , केहि समय अगाडी नेकपा हुँदा आफैंले अध्यक्ष बन्न प्रस्ताव गरेको भनेर यहाँले नै भन्नु भएका, धेरै पटक सहकार्य गरको सहयोग गरको भनेर यहाँले नै पटक पटक भन्नु हुने माधव नेपालले यहाँसंगको सम्वन्धको बारेमा बोल्दै “ केपी ओलीसंगको सम्वन्ध चार दशक पुरानो हो , यसै सकिने वाला छैन” भनेको कुराको भावुकता बुझ्न , अनि विगतमा यहाँलाइ आन्दोलन विरोधी भनेर आरोप लागिरहेको समयमा वहाँले यहाँलाइ उपप्रधान तथा परराष्ट्र मन्त्रि बनाउन सिफारिश गरेको वाहेकका थुप्रै गुण सम्झेर वहाँसंग पार्टी एकतालो एकल एजेन्डामा सघन छलफल गर्नुस । त्यसो गर्दै गर्दा माधव नेपाल र केपी ओलीले अरु जे गरे पनि पार्टी फुटाउने काम गर्दैनन भनेर आम कार्यकर्ताले गर्ने गरेको विश्वासलाइ सम्झना गर्नुस ।
सम्माननीयज्यु , यति काम गर्नु भयो भने जनताको प्यारो पार्टी नेकपा एमालेको एकता त बच्छ नै , त्यसको संगसंगै यहाँले भन्ने गर्नु भएको सुखी नेपाली सम्वृद्ध नेपालको टुटदै गरेको सपनाले पनि फेरी जीवन पाउनेछ । त्यसो हुँदै गर्दा कतिपयले यहाँलाइ कम्जोर भएको भन्लान तर त्यो भनाइ गलत हुनेछ किन कि सहि समयमा प्रदर्शन हुने आवश्यक लचकताले कोहि कम्जोर हुनेछैनन बरु सवै वलियो हुनेछन ।




















