-बद्री अर्याल 

इटहरी / आफ्नो बिद्यार्थीको हौसला बढाएर इटहरी स्थित बिस्वआदर्श स्कुलका प्रिन्सिपल भारतको मुम्बइबाट फर्किएका छ्न । भारतीय च्यानल जि टिभी अन्तरगत कार्यक्रम लिटिल च्याम्पको स्थलको स्टेजमै पुगेर प्रितमलाइ हौशला प्रदान संगै उनलाई बिजय गराउन अपिल समेत गरेर प्रीन्सिपल गणेशकुमार दुलाल सनिवार बेलुका फर्किएका हुन ।

प्रीतमलाइ जिताउन अपिल गरेका छ्न । यो संगै प्रीतमलाई नेपालीहरुको मात्रै नभएर भारतीय कलाकार तथा भारतीय जनताहरुले माया गरेको पाए र " ये लड्का आगे जाके कुछ करेगा सबको फाडदेगा ' भन्दै प्रसंसा गरेको प्रीन्सिपल दुलालले बताए ।

सारेगमपमा भाग लिए देखि नै बिभिन्न रूपमा सहयोग गर्दै आएको इटहरी स्थित बिश्वआदर्श स्कुलले हालको समयमा पनि बिभिन्न भौतिक एवम आर्थिक क्षेत्रबाट पनि सहयोग गर्दै आएको छ । प्रितमले यो कार्यक्रममा भाग लिए देखी बिस्वआदर्श कलेजले संगीत प्रशिक्षक भुपेन्द्र राइलाई नेपालबाटै कोचको रूपमा ब्यावस्था गरेको छ ।

राइले भाइबरको माध्यमबाट गितको सुर र ताल, गित संगै बिहान बेलुका नियमित संगित शिक्षा दिदै आएको प्रीन्सिपल दुलालले बताए । बाल्यकाल देखि नै संगित क्षेत्रमा रूचि राख्दै गायनमा अब्बल देखिएका ११ बर्षिय बाल गायक प्रितम विश्वआदर्श स्कुल कक्षा ७ मा अध्यनरत छ्न । बिगत ६ महिना देखि नियमित शिक्षा प्रभावित भएको र भाबि दिनमा प्रीतमलाइ सक्दो सहयोग गर्ने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लेखनाथ घिमिरेले बताए ।

चर्चित रियालिटि सो मार्फत स्कुल संगै सिंगो इटहरीलाइ बिश्वमाझ चिनाएकोमा गौरव महसुस भएको तर अलिकति पढाइ प्रभावित हुदा चै कता कता चिन्ता लागेपनि यसलाइ कसरी ब्यवस्थापन गर्न सकिन्छ प्रितम आएपछि छलफल गरेर अघि बढने स्कुल ब्यवस्थापन समितिका अध्यक्ष घिमिरेको भनाइ छ ।

त्यसै गरी बिश्व आदर्श कलेजको अगुवाइमा इटहरीको मुख्य चौकमा सो फाइनल कार्यक्रमको Live Show हुने भएको उक्त कलेजका शिक्षक केपी आचार्यले बताए ।