एजेन्सी । फिल्मी दुनियामा केही यस्ता अभिनेताहरु हुन्छन् जसले सानो भूमिकामा नै आफ्नो पहिचान बनाउन सफल हुन्छन् । सुरुवाती दिनहरुमा सानो भूमिकाबाट आफ्नो करिअर सुरु गरेका कमेडियन ब्रह्मनन्दम आज विश्वभर परिचित छन् ।

उनको जन्म आन्ध्रप्रदेशको साटेनापल्ली जिल्लाको मुपल्ला गाउँमा भएको हो । सन् १९५६ मा जन्मिएका यी अभिनेता पूरै परिवारमा एक यस्ता व्यक्ति हुन् जसले एमए सम्मको पढाइ गरेका थिए । एमएको पढाइपछि उनले तेलुगु लेक्चरर भएर काम समेत गरे । कलेजमा उनी विभिन्न अभिनेताहरुको क्यारिकेचर गरेर हसाँउने काम गर्थे ।

एकपटक कलेजमा भएको नाटक प्रतियोगितामा उनलाई उत्कृष्ट सपोर्टिङ आर्टिस्टको पुरस्कार दिइएको थियो । त्यसपछि उनको ड्रामाप्रति रुची बढेर गयो । उनको भेट निर्देशक जन्धलालसँग भयो । उनले ब्रह्मन्दमलाई नाटक ‘मोद्दाबाई’मा काम गरेको देखे । त्यसपछि उनको भाग्य चम्कियो । उनले फिल्म ‘चन्ताबाई’ मा सानो भूमिका पाए । यसरी उनको करिअर सुरु भयो ।

यसपछि उनलाई फिल्मको कुनै कमी भएन । उनले हालसम्म १००० भन्दा बढी फिल्म गसिकेका छन् । उनी परिवारका सन्तानहरुमध्ये ७ औ नम्बरमा पर्छन् । उनी सानैदेखि अरुलाई हसाउँने काम गरेका कारण पनि कमेडियन हुन ललायित भएका थिए । उनलाई सन् १९८५ मा पहिलो ब्रेक मिलेको थियो । उनका अनुसार उनलाई भगवानले मानिसहरुलाई हसाउँन धर्तीमा पठाएका हुन् ।

फिल्मी क्षेत्रमा तीन दशक बिताइसकेका ब्राम्ही आज पनि उत्तिकै व्यस्त रहेका छन् । ब्रह्मनन्दमको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता रहेको छ । उनले सन् २००७ मा एउटै भाषामा ७०० भन्दा धेरै फिल्म गरेर रेकर्ड बनाएका थिए । सन् २००९ मा फिल्मी क्षेत्रमा पु¥याएको योगदानका कारण पद्यश्रीबाट सम्मान गरिएको थियो ।