विराटनगर,२५ बैशाख । नेकपा एमाले (माधवकुमार नेपाल समूह) विराटनगर महानगर कमिटिले पार्टी कार्यालयमा आइसोलेसन सञ्चालन गर्न दिने भएको छ । एमालेकाे नेपाल समूहले विराटनगर– २ स्थित तीनपैनीमा रहेको दुई तले घरमा रहेको पार्टी कार्यालयलाइ आइसोलेसन सञ्चालन गर्न दिने भएको हो । गत चैत्र महिनादेखि सो घर भाडामा लिएर पार्टी कार्यालय खोलेको थियो ।
कोरोना महामारीमा कार्यालयलाई आइसोलेसन बनाउन स्थानीय सरकारलाई दिने निर्णय भएको महानगर कमिटि अध्यक्ष पारूल क्षेत्रीले जानकारी दिए । ‘ पार्टी कार्यालय भवनमा आइसोलेसन सञ्चालन गर्न दिने निर्णय भएको छ,’ उनले भने,‘ कार्यालयमा छ वटा कोठा र एउटा हल छ ।केहिदिन अगीमात्रै नेपाल समूहको युवा संघ बिराटनगर महानगर कमिटीले पनि रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको थियो ।




















