राजनीतिक,समसामयिक विषयमा सामाजिक सञ्जाल मार्फत आफ्नो विचार अभिव्यक्त गर्दै आएका नेकपा (एमाले) का युवा नेता दामोदर अर्यालले प्रधानमन्त्री केपी ओलीलाइ प्रश्नै प्रश्नको चाङ्ग,थुपारेका छन् भने त्यसको प्रति उत्तर ठण्डाराम भएको कुरा ब्याक्त गरेका छन् ।
१) भारतीय संस्थापन पक्ष नेपालकाे एकीकृत कम्युनिस्ट आन्दोलनको पक्षमा थियाे हाेला ? फुटाउन खाेजेन हाेला ?
एकीकृत कम्युनिस्ट पार्टीको बैठक नडाक्ने , बैठकहरुमा नजाने र एकीकृत कम्युनिस्ट पार्टीको बिभाजनको पक्षमा क.केपि अाेलि किन उभिनु भयाे हाेला ?
२) कम्युनिस्ट पार्टीको लगभग दुई तिहाई जनमत हिन्दु कट्टरपन्थी बिजेपीलाई मन परेको थियो होला ? चुच्चे नक्सा पारित गर्ने नेपाली संसद भङ्ग होस भन्ने मनोकामना भारतले राखेन होला ?
= क. ओलि संसदप्रती यति अनुदार किन ? किन संसदलाई दुईदुई चोटि भङ्ग गर्नु परेको होला ?
३) महन्थ ठाकुर र राजेन्द्र महताे भारतिय हितको नेपालमा प्रतिनिधित्व गर्ने नेता मानिन्छन् । उनको केपि मोहको खास कारण के होला ?
४) एकीकृत कम्युनिस्ट पार्टी विघटन भएर अदालतले ब्युझ्याइदिएको नेकपा एमालेको बिधान र सङ्गठन क.केपिले किन नचिन्नुभएको होला ?
५) कम्युनिस्टहरु बिभाजित छन । यहि अबस्था रहेमा मंसिरमा हुने चुनावमा कम्युनिस्टहरुले देशब्यापी हार्ने निश्चित छ । कम्युनिस्टहरुले हार्ने चुनावको पक्षमा क. केपि यति बिघ्न किन लाग्नु भएको होला ?
६)सुशील कोइराला प्रधानमन्त्री भएको बेलामा भारतले नाकाबन्दी लगायो । लगत्तै क.केपि प्रधानमन्त्री हुनुभयो र नाकाबन्दी हट्याे । यस्तो कसरी भयो होला ?
७) महाकाली सन्धिका कट्टर समर्थक क.केपि ओलि आफै प्रधानमन्त्री भएको बेला यसको काम किन अघि नबढेकाे हाेला ?
८) रास्ट्रपति प्रधानमन्त्री सबै आफै भएको बेला क. मदन हत्याकाण्डका सन्दर्भमा एउटा उच्चस्तरीय शक्तिसम्पन्न आयोग किन नबनाएको होला ?
९) क.केपिले सत्ता जोगाउन रास्ट्रघाती नागरिकता ऐन किन ल्याउनु भएको होला ?
१०) क.केपिका भासणहरुमा आजकाल "जनताको बहुदलिय जनबाद" भन्ने शब्द झुक्किएर पनि किन आउदैन होला ?
११) क.केपिका बैचारिक दस्ता साईबर स्यालहरु बैचारिक छलफल र तर्कसंगत कुरा किन गर्दैनन् होला ?




















