अभिनेता संजय दत्तले पाए युएईको गोल्डन भिषा

काठमाडौं,१३ जेठ । बलिउड अभिनेता संजय दत्तले संयुक्त अरब इमिरेट्सका लागि गोल्डेन भिसा प्राप्त गरेका छन्। संजयले यो समाचार आफ्नो सोशल मिडिया खातामा साझा गरेको छन । यसको साथसाथै, उनले भिसा लिएको उनको फोटो पनि पोष्ट गरेको छन , जसमा उनी दुबईको महानिदेशालय रेसिडेन्सी र विदेश मामिलाका महानिदेशक मेजर जनरल मोहम्मद अल मैरीसँग देखिएका छन्।

सोशल मीडियामा खुशी व्यक्त गर्दै संजयले दुई ओटा फोटो राखेका छन र लेखेका छन मेजर जनरल मोहम्मद अल मार्चको उपस्थितिमा संयुक्त अरब इमिरेट्सका लागि गोल्डन भिसा पाउने सम्मानको कुरा थियो। यसका लागि युएई सरकारलाई धन्यबाद। फ्लाइ दुबई सीओओ हमद ओबैद्दलाको सहयोगका लागि म आभारी रहेको बताएका छन ।

गोल्डन भिसा लंग जसको सुरुवात २०१९ मा दुवईको प्रसासकले गरेका थिए । भिसा युएई सरकारले २०२० मा शुरू गरेको थियो, जसको अवधि १० बर्ष हो। यसको मुख्य उद्देश्य खाडी देशहरूमा प्रतिभाशाली मानिसहरूलाई बसोबास गर्नु हो। यो भिषा विशेष गरेर पीएचडी होल्डर, डाक्टर, इन्जिनियर्सलगायतलाई दिने गरिन्छ । बलिउड फिल्म उद्योगबाट यो भिषा प्राप्त गर्ने अभिनेता दत्त पहिलो ब्यक्ति हुन् ।

191451029_928903114569479_1624399073271121756_n (2)