काठमाडौं,१५ जेठ । सरकारले युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड विनियोजन गरेको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले २ अर्ब ७४ करोड विनियोजन गरेको जानकारी दिए ।

चालू आर्थिक वर्षमै मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।