बिराटचोक,३१ जेठ । मोरङको सुन्दरहरैचा स्थित ९ नम्बर वडा कार्यालयको भवन शिलन्यास कार्यक्रम सम्पन्न भएको छ ।

जग्गा दाता बाट र सार्वजनिक जग्गा गरी ४ कठ्ठा जग्गाको क्षेत्रफल निर्माणधिन सो भवनको सोमबार सुन्दरहरैचा नगरपालिका मेयर शिवप्रसाद ढकाल र उपमेयर धना तामाङ्गले शिलन्यास गरेका छन ।

करिव ३९ लाख रुपैयाको लागत निर्माणहुने दुइ तले सो भवनमा पहिलो तल्लामा ५ वोटा कोठा र दोश्रो तल्लामा एक स्टोर सहित हल निर्माण गरिने वडा सदस्य शंकर खड्काले जानकारी दिए ।

सो सिल्यान्यास कार्यक्रममा नगरपालिकाका कार्यकारी प्रमुख डा कृष्णबहादुर घिमिरे,उधोग बाणिज्य संघका सचिव हरी कार्की सामाजिक अभियन्ताहरु युवराज पौडेल , रुजा घिमिरे, रामकृष्ण खड्का, हिमा पोखरेल लगायत स्थानिय समाजसेवी लिला कार्की , राजानिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । हाल वडा कार्यालय स्थानीय एक क्लबको भवनमा संचालन हुदै आएको छ ।

199643010_1185460265229815_4920959581036858515_n (2)

131630348_1185460418563133_346657166700047163_n (2)