पथरी शनिश्चरे ३१ जेठ। मोरङको पथरी शनिश्चरे नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि विषयगत समितिमार्फत आएका नीति माथि छलफल गर्दै आज बसेको कार्यपालिका बैठकले नगरसभाका लागि प्रस्ताव गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको बैठकमा नगरमा रहेका ६ वटा विषयगत समितिले तय गरेको नीतिमाथि छलफल भइ त्यसलाई नगरसभामा पेश गर्नका लागि पारित गरिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

नगरले तय गरेको नीतिमा रहेर वडा वडाबाट कार्यक्रम तय गर्ने क्रममा छ । असार १० गते हुने नगरसभाका लागि अवको बैठकले निश्चित कार्यक्रम र बजेट तय गर्नेछ ।