चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा तेश्रो स्थान हासिल गर्न सफल इटहरी बिश्व आदर्श स्कुलका बिद्यार्थी प्रितम आचार्य आज सोमबार नोल फर्कदैछन । २० हजार प्रतिस्पर्धिलाइ पछाडी पार्दै तेश्रो स्थानमा पर्न सफल उनलाइ स्वागत गर्नको निमित्त इटहरीस्थित बिश्व आदर्श स्कुलको कक्षा ७ मा अध्यन्नरत बिद्यार्थिहरू झापाका काकडभित्ता प्रस्थान गरेका छन ।
स्कुलकै अनुमतिमा कक्षा ७ का बिद्यार्थिहरू र केहि शिक्षकहरू समेत प्रतिभावान बिद्यार्थि प्रितम आचार्यलाइ स्वागतका लागि काकडभितता प्रस्थान गरेका हुन । स्कुलका बिद्यार्थि र शिक्षक संगै नगरवासीहरू पनि सोहि स्कुलको ब्यवस्थापनमा प्रस्थान भएका हुन । आचार्य इटहरीस्थित बिश्व आदर्श स्कुलको कक्षा ७ माअध्यनन बिद्यार्थि हुन ।
इटहरी संगै नेपालाइ बिश्वमाझ चिनाउन सफल प्रितमलाइ स्वागत गर्न पाउदा स्कुलको लागि मात्र नभइ सिंगो नगरवासीहरूकोलागि गर्वको कुरा रहेको बिश्व आदर्श स्कुलका ब्यवस्थापन समिती अध्यक्ष लेखनाथ घिमिरे बताउछन ।
यसै गरी ‘सारेगमप लिटिल च्याम्प’मा तेश्रो भएका प्रितमलाइ स्वागत गर्नकै लागि इटहरीमा भब्य सांस्कृतिक कार्यक्रम सहितको प्रितम आचाय एकल साझ हुने भएको छ ।




















