पथरी शनिश्चरे १ असार। मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरमा रहेका सहकारी संस्थाहरुको कानूनी दायरामा रहेर प्रवद्र्धन तथा दिगोपनका लागि अनुगमनको क्रम अघि बढाएको छ ।

201837462_325643305614746_4596715324352526559_n

सहकारी शाखा प्रमुख केशवदेवी धमलाको संयोजन र नगर उपप्रमुख एवम् अनुमगन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा आज वडा नम्बर ५ को हसन्दहस्थित सुनदह वचत तथा ऋण सहकारी संस्थाको सञ्चालनको अवस्थाका बारेमा अनुगमन् गरिएको हो । ऐन सम्मत रुपमा थप व्यवस्थित सञ्चालनका लागि सुझावहरु समेत प्रदान गरिएको छ । अनुगमन्मा, उपसचिव शालिग्राम काफ्ले, ५ नम्बर वडाध्यक्ष जोगबहादुर धिमाल, नगरको आन्तरिक लेखा परीक्षण शाखा प्रमुख सरोज भट्ट सहितको सहभागिता रहेको थियो ।

यसैगरी, उपप्रमुख वास्तोलाले नगर अस्पतालमा सञ्चालित कोरोना आइसोलेसन सहितका गतिविधिको पनि अनुगमन् गर्नुभयो । साथै उहाँ सहित प्राविधिक दीपक आचार्य सम्मिलित टोलीले वडा नम्बर १० नयाँमंगलबारेस्थित सातधारेस्थलको व्यवस्थापनको लागि समेत वस्तुस्थितीको अनुगमन् गरेको छ ।