पथरी ,१८ असार । मोरङको पथरी शनिश्चरे वडा नम्बर १० मा एकता महिला समूहले महिलाहरुका लागि ६ महिने निःशुल्क सिलाई कटाइ तालिम सम्पन्न गरेको छ ।

तालिम समापनका अवसरमा कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, वडा सदस्य मनकुमारी विश्वकर्मा सहितले सहभागिलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट सिकेको सिपले महिला आत्मनिर्भर वन्ने काम थाल्न शुभकामना व्यक्त गर्नुभयो ।

समूह अध्यक्ष उमादेवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न तालिममा ३० जना महिलाको सहभागिता रहेको थियो । महिला लक्षिततर्फको वडाको २ लाख रुपैयाँको बजेटमा आधारभूत र एडभान्स तालिम प्रदान गरिएको थियो ।


