बेलबारी,१९ असार । मोरङको बेलबारी नगरपालिकाले कृषी पकेट क्षेत्रका किसानहरुलाई कृषि सामाग्री हस्तान्त्रण गरेको छ । पकेट विकास कार्यक्रम(प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना) अन्तर्गत ५० प्रतिशत अनुदानमा सामाग्रि हस्तान्तरण गरीएको हो ।

208138197_982166059196550_6800780720721123015_n (2)

सो कार्यक्रम अन्तरगत वडा नम्बर ५मा धानवालि पकेट क्षेत्र ८नम्बर वडामा तरकारी र ११ नम्बर वडामा बगुर पकेट क्षेत्रका रुपमा बिकास भइरहेको कृषि बिकास शाखाका प्रमुख बिनोद दाहालले बताए । उनका अनुसार धान वालिका लागि ३० विगाहा र तरकारी खेतिका लागि ३० बिगाहा जमिन छुट्याइएको छ । बगुर पकेट क्षेत्रमा १ सय वटा बगुरका माउ समेत बितरण गरीसकेको नगरपालिकाको कार्यालयले जनाएको छ । धान पकेटक क्षेत्रमा आवश्यक पर्ने सिचाइका लागि बोरिङ,कुटोकोदालो,विउ, किट्नासक औषधी,स्प्रेमेसिन,मल,धान काट्ने मेसिन,धानसुकाउनका लागि त्रिपाल,बोरा, जोख्नका लागि तराजु लागयतका सामाग्रि नगरपालिकाले पकेट क्षेत्रका किसानलाई बितरण गरेको छ ।

211753968_982165935863229_583822885775946961_n

यस्तै तरकारी पकेट क्षेत्रका लागि मोटर तरकारी टिप्नका लागि क्यारेट,मल, विउ, किट्नाशक औषधी, ठेलागाढि लगायतका सामाग्रि तरकारी पकेट क्षेत्रका किसानलाई बितरण गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । बगुर पकेट क्षेत्रका लागि १ सय वटा बगुरमा माउ बितरण गरीएको छ भने ५० वटा पुराना खोरलाई मर्मत गरी आधुनिक बनाउनका साथै बगुरको खोर बाट निस्कने फोहोरको ब्यबस्थापन गर्नका लागि पानि तथा पाइपको समेत ब्यबस्थापन गरीएको नगर प्रमुख सुवेदीले बताए ।पकेट क्षेत्रलाई जोनकारुपमा विकास गरेर लैजाने नगर प्रमुख सुवेदीको भनाई रहेको छ । नगरपालिकाले एक वडा एक उत्पादनको निति लिएर कृषिलाई पहिलो प्राथमिक्ता लिएको थियो ।