पथरी, २१ असार । सामाजिक जागरूकता ल्याउन अग्रसर संस्था लायन्स क्लबकाे लायन्स सर्भिस सप्ताह अन्तर्गत लायन्स क्लब अफ पथरी याेङहार्ट, लायन्स क्लब अफ पथरी शनिश्चरे र लायन्स क्लब अफ कानेपाेखरीकाे संयुक्त आयाेजनामा हिजो असार २० गते आइतबारका दिन स्थानीय विपन्न वर्गलाई आवश्यक राहतस्वरूप खाद्यान्न सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सम्पन्न कार्यक्रममार्फत समाजमा मानवीय सेवा भावकाे सम्बन्ध बिस्तार भएको र त्यहीअनुरूप सन्देश प्रवाह भएको लायन्स लिडर राेशन बुढाथोकीले बताएका छन् । जाेन चेयरमेन लायन्स उपेन्द्र कँडेलले दिएको जानकारीअनुसार लायन्स स्थापना वर्षको अवसरमा सम्पन्न कार्यक्रममा लायन्स लिडर खगेन्द्र सिटौला, डिस्ट्रिक गभर्नर लायन्स रेवत बहादुर कार्की, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन्स नरनाथ सापकोटा, लायन्स क्लब अफ पथरी शनिश्चरेका सेक्रेटरी लायन्स मुरारी आचार्यलगायत विशिष्ट पदाधिकारीको सक्रिय उपस्थिति रहेको थियो ।


