इटहरी / इदको अवसरमा सांगीतिक कार्यक्रम गर्न पुगेका नेपाली कलाकारलाई मलेसियन अध्यागमनले पक्राउ गरेको छ विषयमा थप रहस्यमय बन्दैँ गएको गायक राजेश पायल राईले बताएका छन । गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदाम्बेसहित स्थानीय कलाकार र आयोजक पक्राउ परेका थिए । हेर्नुस राजेशको फेसबुक स्टाटस
मलेसियाको क्वालालम्पुरस्थित कोताया कम्प्लेक्समा भएको कार्यक्रममा अध्यागमले छापा मारी उनीहरुलाई पक्राउ गरेकोे समाचार बाहिरिएको । पक्राउ परेका आयोजक र कलाकारलाई पुत्राजायामा रहेको अध्यागमनमा लगिएको छ । मलेसियामा सांगीतिक कार्यक्रम गर्नको लागि स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने नियम छ ।
तर नियम विपरीत सांगीतिक कार्यक्रम गर्न लागेकाले अध्यागमले कलाकार र आयोजकलाई पक्राउ गरेको बुझिएको छ । तर प्रक्राउ गर्नुको कारण भने खुलाइएको छैन । पक्राउ कलाकारहरुको विषयमा आज फेसबुक लाइभमा कुराकानी गदैँ चर्चित गायक राजेश पायल राईले उनीहरुको अवस्था अझै अज्ञात भएको जानकारी दिनुभयो ।
<iframe width="768" height="309" src="https://www.youtube.com/embed/Ro6TAhNtfKM" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>




















