मैले सोधे,
कमरेड ! सम्बिधान किन च्यात्यौ ?
उसले भन्यो,
सुर्य चिन्ह हाम्रो हो ।
 
मैले सोधे,
कमरेड ! संसद किन भङ्ग गर्यौ ?
उस्ले भन्यो,
सुर्य चिन्ह हाम्रो हो ।
 
मैले सोधे,
कमरेड ! पार्टी एकता किन बिगार्यौ ?
उस्ले भन्यो,
सुर्य चिन्ह हाम्रो हो ।
 
मैले सोधे,
कमरेड ! भ्रष्टाचार किन गर्यौ ?
उस्ले भन्यो,
सुर्य चिन्ह हाम्रो हो ।
 
उ निरुत्तर छ, नाजबाफ छ,
उस्का विरुद्ध उठने हरेक प्रश्नहरुको जबाफ
सुर्य चिन्ह देखाएर दिन्छ ।
उ लाटाे पनि छ,
 
उ सोझो पनि छ,
उस्ले भेउ पाएको छैन,
हरेक प्रश्नको उत्तर सुर्य चिन्ह हुन सक्दैन ।
हरेक अपराधहरु चुनाव चिन्हले छोप्न सक्दैन ।