जता तै बेपारी !
(लक डाउन कविता -20)
----------------------राजनीति नै उत्तम बेपार भए पछि!देशमा बेपारीको के खाँचो!सडक देखि सदनसम्म बेपारी!राजनीति दलदेखि!सरकारसम्म बेपारी!*****कोही शिक्षाका बेपारी !कोही स्वास्थ्यका बेपारी!कोही नदीखोलाका बेपारी !कोही इमानका बेपारी !****कोही धर्मका बेपारी !कोही समाज सेवाका बेपारी !कोही मन्दिरका बेपारी !कोही मान्छेका बेपारी !*****कोही राजदूतका बेपारी!कोही हाकिमका बेपारी!कोही मन्त्रीका बेपारी!कोही संसदका बेपारी!***कोही जुलुसका बेपारी!कोही डनका बेपारी!कोही श्रमका बेपारी!कोही भोटका बेपारी !***कोही समाचारका बेपारी!कोही विवेका बेपारी!कोही विकासका बेपारी!कोही पत्रकारका बेपारी!*****कोही एनजिओका बेपारी!कोही सुनका बेपारी!कोही रक्सीका बेपारी!कोही उधोगका बेपारी*****अब भन्नुस! देशमा बेपारीको!के खाँचो !




















