बिराटचोक,१६ साउन । नेपालि कांग्रेस मोरङका मोरङको जिल्ला कोषाध्यक्ष गोपाल थापालाई लाई पित्री शोक परेको छ ।   स्व. पिता लोकबहादुर थापाको ९२ बर्षको उमेरमा आज बिहान ७ बजे बिराटनगरको न्युरो हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

लामो समय देखि मुटु र मिर्गौलाको रोगको समस्यामा परेपछि उपचारगराउदै आउनु भएको स्व. पितालाइ बिरामले धेरै च्यापे पछि तिन दिन अघि अस्पताल भर्ना गरीएको थियो । स्व पितालाई अन्तिम श्रद्धांजलि अर्पण गर्न सुन्दरहरैचा १० स्थित निवासमा राखिएको थियो भने उहाको पर्थित्व शरीरलाइ आजै दिउसो बेलाबरीको लोहन्द्रा धाममा अन्त्यष्टी गरीएको उहाको भतिज राजेश थापाले जानकारी दिए ।

उहाको निधनप्रति नेपालि कांग्रेस मोरङले गहिरो शोक ब्यक्त गरेको छ । उहाको अमर आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्नसक्ने शक्ति प्राप्त होस भन्दै विज्ञप्ति जारी गरेको छ । उहाको कान्छा छोरा गोपाल थापा संगै जेठी बुहारी बिन्दा दाहाल थापा पनि नेपालि कांग्रेसको नगर स्तरीय नेता हुनुहुन्छ ।