आजको नेपाली महाभारत (लक डाउन कविता-९ )
दम्भी र अहंकारी!धृतराष्ट्र अन्धो छ,देख्दैन!गाँन्धारी स्वयं अन्धी बनेकी छ!उ पनि देख्दिन!हस्तिनापुरमा,आँखा देख्ने भनेकासंजयहरू हुन्!नुनको सोझो गर्ने संजयहरू!बोल्न सक्दैनन्!****आजकल!हस्तिनापुरले,विवेकी विदुरहरूलाई,वेदखल गरेको छ!न्याय र सत्यको कुरा गर्न सक्ने,आटिला!युधिष्ठीर र अर्जुनहरूलाईतिरस्कार गरेको छ !हस्तिनापुरमा त मात्र!लाचार भिष्म पितामहरु छन्!जजमानी धन्धमा रमाएका द्रोणाचार्यहरू छन्!सकुनी र उसकै प्यादा बनेकादुर्योयोधन,कर्ण र दु :शासनहरु छन्!****त्यसैले,हस्तिनापुरमा आजकल!मर्यदा र विवेकको कुरा हुदैन !दु:शासनहरू दिनहुँ!सत्यनिष्ठाको चीरहरण गर्छन्!विधि र न्यायको गला रेट्छन्!तर विडम्बना!भरदारहरू नतमस्तक छन्!गुरु द्रोणाचार्यहरू बोल्दैनन् !भिष्मपितामहहरू मात्र गोहीको आँसु चुहाउछन्!****विदुर र युधिष्ठीरहरुको !हस्तिनापुर बहिर्गमन पछीहस्तिनापुरमा!सत्य र निष्ठाको अकाल पर्यो!विवेक र न्यायको हत्या गरियो!आजकल हस्तिनापुर!सकुनीहरूको जुवाखाल भएको छ !षड्यन्त्र र जालझेलको अखडा बनेको छ!विधि र विधानको वधसाला भएको छ!***गाँन्धारी र धृतराष्ट्रको!अन्धो सत्ता मोहले!विषाक्त र जीर्ण बनेको छ,हास्तिनापुर!*****




















