छल-फल (लक डाउन कविता-१४ )
तिमीले र उसलेहात मिलाएरमिलन उत्सव मनाए पनिठेला तानेर जीवन निर्वाह गर्ने कृष्णलाई के फरक पर्छ र ?******तिमीले जिते पनिउसले जिते पनिहलो जोतेर निवेक खानेराम प्रसादलाई के फरक पर्छ र?******तिम्रो र उसकोसत्ताको दौडमाजो पहिला पुगे पनि!अर्काको घरमाजुठो भाडा माज्नेराममायाँलाई के फरक पर्छ र ?*****तिम्रॊ र उसकोभाग बन्डामा!जसले ठूलो भाग पाए पनि!ऋण काडेररोजगारकोलागि खाडी पुग्ने!रामु यादव लाई के फरक पर्छ र ?****तिम्रॊ जित हारमा !तिम्रॊ मिलन र बिछोडमा !तिम्रॊ भागबन्डामा !हाम्रो मूल्य के हुन्छ ?देशको तकदिर कस्तो हुन्छ ?******
26/03/2078धनगढी




















