बिराटचोक,२० साउन । मोरङको सुन्दरहरैँचा १० स्थित एकता युवा क्लवका दुइ जना फूटबल खेलाडीहरुले सहिद स्मारक ए डिभिजन लिगको खेलमा खेल्न पाउने भएका छन । सुन्दरहरैँचा १० का स्थायी महेन्द्र कार्की र बिरेन्द्र लिम्बुले ए डीभिजन लिगको खेलमा खेल्न पाउने भएका भएका हुन ।
कार्कीले ललितपुरको सात दोबाटो फुटबल क्लवबाट र लिम्बुले ब्रिगेड बोयज कल्वबाट खेल्न अवस्वर पाएका छन । बिगत ८ वर्ष देखि एकता युवा क्लव सुन्दरहरैचाबाट खेलिरहेको यि दुवैजना खेलाडीले विभिन्न ठुला ठुला गोल्ड कप फूटबल प्रतियोगीता खेलमा सहभागी भइ उत्कृष्ट तथा सर्बो उत्कृष्ट खेलाडीको पुरस्कारहरु हात पारिसकेको र आफ्नो टिमलाइ समेत अगाडि बढाइ नगरको पहिचान समेत गराउदै आएका छन ।

खेलाडी कार्की र लिम्बु सोमबारनै आफु अनुबन्धित भएका क्लवमा पुगी सकेका छन । ग्रामिण क्षेत्रका खेलाडीले राष्ट्रीय स्तरको फुटबल क्लबबाट खेल्न पाउनु भनेको खुशीको कुरा भएको एकता फुटबल क्लवका अध्यक्ष बिक्रम साम्पाङले बताए । आफ्ना क्लवका खेलाडीहरुले रास्ट्रीय स्तरमै उतकृष्ट खेल प्रदर्शन गरेर आफ्नो ठाउलाई देशभरी चिनाउने कुरामा आफु आशाबादी रहेको अध्यक्ष साम्पाङले ब्याक्त गरे ।




















