डेनमार्क,२० साउन । गैर-आवासीय नेपाली संघ डेनमार्कको महासचिवमा राघवेन्द्र प्रताप सिंह (रविन) कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । यहि शनिबार हुन गइरहेको छैठौ राष्ट्रीय अधिवेशनबाट २०२१ देखि २०२३ सम्महुने कार्यकालको लागि नयाँ कार्यसमिती चयनका लागि उम्मेद्वारी दिएका हुन ।
“परिबर्तनशिल समाजको सक्षम र परिबर्तित नेतृत्व” तथा एनआरएनए स्थापनाको मुल परिकल्पना अनुरुप भावि केहि प्रमुख योजनाहरु अब बिदेशमा रहेका हरेक सामाजिक तथा राजनितिक संस्थाहरु ले सिप, क्षमता र ब्यक्तित्व अभिबृद्दि गर्ने खालका छलफल अगाडी बढाउने कार्यक्रमहरुको संयोजन गर्ने कुरा कार्कीले बताएका छन । कार्कीले आफुलाई निर्वाचित गराउन निम्न कुराहरुको बुदागत प्रतिबद्दता जाहेर गरेका छन ।
मोरङको उर्लाबारी निवाशी राघवेन्द्र प्रताप सिंह (रविन) कार्की उर्लाबारी बहुमुखी क्याम्पसमा स्ववियु सभापतीमा निर्वाचित भइ आफ्नो कार्यकाललाइ सफल रुपमा सम्पन्न गरेका थिए । सानैदेखि मेधावी बिधार्थीको रुपमा परिचय बनाएका सहयोगी मनका धनी कार्कीले आफुले पाएको जिम्मेवारी सहज रुपमा बहन गर्न सक्ने खुवी रहेको उनका समकक्षीहरु बताउछन । कार्कीले आफुलाई निर्वाचित गराउन निम्न कुराहरुको प्रतिबद्दता गरेका छन ।
१. नयॅा नयॅा ब्यवसायहरु संचलन गरेर ब्यवसायिक बन्न को लागी बिज्ञहरु सहितका जानकारीमुलक छलफल तथा बहस का कार्यक्रमहरु अगाडि बढाउने। ब्यवसाय गरिरहनुभएका नेपालीहरुलाई कसरी बलियो बनाउन भुमिका खेल्न सकिन्छ ताकी वहॅाहरुको सफलताले अरुलाई पनि ब्यवसायिक बन्न प्रेरणा
मिलोस।
२. संस्थाको दिर्घकालिन आर्थिक स्रोत को खोजि गरी संस्था लाई आर्थिक रुपले सबल र सक्षम बनाउने।
३. यहॅा रहेका हरेक संघ संस्था हरुले कमसेकम बर्षको एउटा युवा उद्दमिकरण, महिला शसक्तिकरण, बालबालिका को हित, ब्यवसायिक हित, आदि जस्ता
बिसयहरुमा कार्यक्रम हरु बार्षिक क्यालेण्डरमै तय गर्ने। त्यसको फ्यासिलिटेट एनआरएनएले गर्ने।
४. हरेक दुई महिनामा कुनै न कुनै कार्यक्रम संचालन गर्ने र समाजका बिभिन्न बर्गहरु लाई लाभान्वित बनाउदै यहॅाका बिभिन्न संघ सस्थाहरु सग हातेमालो गर्दै
जाने।
५. महिला शसक्तिकरण को लागी बास्तविक जिवनमै परिबर्तन हुने किसिमका अवसरहरु प्रदान गर्दै, हरेक कार्यक्रमहरुको फ्रन्ट लाईनमा महिला हरु लाई
ल्याउने।
६. हाम्रा बालबालिकाहरुको ब्यक्तित्व तथा सामुदायिक बिकास लक्षित एनआरएनए को आफ्नै स्किम ल्याउने।
७. बिद्दार्थि वा नवआगन्तुक हरुको लागी वा नेपालमै हुने ले सम्म पर्याप्त जानकारी पाउन सक्ने गरी काम तथा बसोबासको ब्यवस्था गर्न सहज हुने किसिमले
कुनै बेबसाईट मा पर्याप्त जानकारीहरु राखिदिने।त्यसको लागी एनआरएनएले छुट्टै हेल्प डेस्क बनाई त्यसको प्रत्यक्ष सहजिकरण गरिदिने।
८. नेपाली समाजको एकता कायम राख्न सक्ने सांस्कृतिक महत्वका योजना र कार्यक्रमहरु संचालन गर्ने।
९. संस्थालाई आन्तरिक रुपले सबल र सक्षम बनाउन सम्भावित समस्याहरुलाई समयमै पहिचान गरि सामधान गर्दै अघि बढ्न हरेक छ छ महिनामा
एनआरएनएको भर्च्युएल मिनि अधिबेसन जस्तै कार्यक्रम गरी नेपाली समुदायको सर सल्लाह बमोजिम अघि बढ्ने।
१०. समग्रमा प्रबासि नेपाली हरुको ब्यक्तित्व बिकास र सिंगो समाजको अभिबृद्दि को दिशामा संपुर्ण कार्यक्रमहरु लक्षित गर्नसक्नुपर्ने आजको आवश्यकता हो।





















