कमिसन र पसिनाको रङ्गमा के फरक छ ? ( लक डाउन कविता-१३ )


✍️ सुभाषचन्द्र देवकोटा 

तिम्रॊ गमलामा,
फुलेको फूल र
उसको आँखामा
झुलेको आँशुमा
के फरक छ?
********
तिम्रॊ आकाशमा
झुल्किएको घाम र
उसको दिलमा
मडारीएको वादलमा
के फरक छ?
*****
तिम्रॊ हातमा झुन्डिएको
बधाईको माला र
उसको घाँटीमा जेलिएको
मृतुको पसोमा के फरक छ?
******
तिम्रो घरमा
भित्रिने कमिसनको रङ्ग र
उसले बगाउने
पसिनाको रंगमा के
फरक छ?
******
२०७८ /०४ /२२
बाजुरा,कोल्टी