बिर्सिदेउ दुई दुइचोटी संसद विघटनहरु
आँखा चिम्लिदेउ मिचिएका ती संविधानहरु
वास्ता नगरि देउ ती निरंकुशताहरु
बन्द गर ओलि याद आउने ती चिजहरुनसोचिदेउ भएका ती भ्रष्टाचारहरु
नबोलिदेउ गरेका ती पार्टीका बिभाजनहरु
चुप लागिदेउ चिच्याएका ती जयजयकारहरु![]()
बन्द गर ओलि याद आउने ती चिजहरु
फ्याकिदेउ ती बिकृत बनाइएको जबज र मदन भण्डारीहरु
कल्पना नगरि देउ कुवाटाे हिडाइएको जनबाद र समाजबादहरुछाेडिदेउ धज्जी उडाएको लोकतन्त्र र त्यसका उपलब्धिहरु
बन्द गर ओलि याद आउने ती चिजहरु
बिर्सिदेउ बार्दलीका चिच्याहटहरु
सहिदेउ तिनका अहंकारि अट्टहासहरु
नहेरी देउ तिनका राजशी सान शौकतहरु
बन्द गर ओलि याद आउने ती चिजहरु
सक्छौ भने,
भत्काई देउ लडाका फोर्सहरु
पुरी देउ साइबर स्यालहरु
हटाइ देउ आई टि आर्मिहरु
बन्द गर ओलि याद आउने ती चिजहरु



















