एजेन्सी । स्पेनी क्लब बार्सिलोनामा रहन असफल भएपछि अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन्सँग कम्तिमा दुई वर्षको सम्झौता गरेका छन् । तेस्रो वर्ष पनि उनले विकल्प प्रयोग गर्न सक्नेछन् ।
जुलाइ १ देखि सम्झौता सकिएका ३४ वर्षीय मेस्सी ला लिगाको आर्थिक नीतिका कारण बार्सिलोनामा रहन असमर्थ भएका थिए । उनले आफ्नो करिअरमा बार्सिलोनाका लागि मात्र खेलेका छन् ।
‘म मेरो करिअरको नयाँ पाटो पेरिसबाट सुरु गर्न उत्साहित छु । यो क्लबको लक्ष्य मेरो उद्देश्यसँग मिलेको छ,’ मेस्सीले भनेका छन्, ‘मलाई थाहा छ यहाँ क्षमतावान खेलाडी र अफिसियलको कमी छैन । उनीहरुसँगै काम गरेर सकारात्मक परिवर्तनका लागि मेरो प्रयास हुनेछ । पेरिसको मैदानमा खेल्नका लागि म हतारिएको छु ।’




















