भत्काउने त केवल
धरहरा सङ्गै ठडिएको
एउटा अहंकार ।नसुकाउने रानि पोखरी,
सुकाउने त केवल
पोखरी झैँ गहिरिएको
एउटा स्वेच्छाचारीता ।![]()
नटाल्ने सुरुङहरु,
टाल्ने त केवल
तानाशाहीको गन्ध आउने
मुखहरु ।याद त तपाईंको आउने नै छ,
जब
कुनै छोराले
पढ्नेछ गाेर्भाचेभ ।हरेक कम्युनिस्ट सत्ताको
दु:खद अवसानमा
तपाईंको याद त जरुर आउने छ ।(२०७८-०४-२८)



















