बिराटचोक,३१ साउन । "याद बनेर गयौ तिमि,कथा बनेर रहयौ तिमि,कहाँ हो कहाँ गुन्जिरहेने गित भएर बस्यौ तिमि …यो मार्मिक गित मोरङको सुन्दरहरैँचा १० निवाशी देवेन इजम लिम्बुले आफ्नो स्वर्गीय भाई दिपेश लिम्बु को सम्झना गर्दै लेखेका हुन । २०४५ सालमा जन्म भई २०७४ सालमा अल्पायुमै असमायिक निधन भएको भाइको याद भुलाउन नसकेर गित लेखेका हुन। उनले गित मार्फत कोरोना सक्रमणको कारण अल्पायुमै निधन भएकाहरु प्रति समपर्ण गरेको बताए ।

सो गित हाम्रो प्रोडक्सन हाउसको युटुव च्यानलमा पनि सार्वजनिक भएको छ । उक्त गीतलाई स्थानीय कलाकार नव गायक अधि राइले प्रस्तुत गरेका छन भने दिपेन थापा  (द स्मृति ) ले संगीत दिएका छन । नव गायक राइले यो गित गाउदा बेग्लै पिडा समेत महसुश गरेको बताए ।

हेर्नुहोस भिडियो :