एजेन्सी। तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि धेरै अफगान नागरिकले देश छाड्ने क्रम बढेको छ। यसैबीच, सोमबार काबुलमा उडिरहेको विमानबाट खस्दा तीन अफगान नागरिकले ज्यान गुमाएका बताइएको छ।
अमेरिकी सेनाको विमानमा झुन्डिएर अफगानिस्तान छाड्न खोज्दा उनीहरू विमानबाट खसेका भारतीय दैनिक पत्रिका भास्करले दाबी गरेको छ। विमान उड्नेबित्तिकै उनीहरू खसेका समाचारमा उल्लेख गरिएको छ। विमानबाट खस्नेहरूको पहिचान भने हुन सकेको छैन।
राजधानी काबुल तालिवानले कब्जा गरेपछि अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेको काबुल विमानस्थलमा भिडभाड बढेको छ। यसअघि विमानस्थलमा गोली चल्दा कम्तीमा पाँचजनाले ज्यान गुमाएका थिए भने दर्जनौं घाइते भएका थिए। लोकपाटी बाट




















