काठमाडौं,१ भाद्र । अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौं आइपुगेका छन् । कुवेतबाट जजिरा एयरवेजको जहाजमार्फत उनीहरू मंगलबार बिहान १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले नेपाल प्रेसलाई जानकारी दिए ।
उद्धार गरेर ल्याइएका नेपाली अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । उनीहरूलाई यूएस फोर्सको जहाजबाट काबुलबाट कुवेत पुर्याइएको थियो । कुबेतबाट चार्टड फ्लाइटमार्फत उनीहरू नेपाल आइपुगेका हुन् ।


