बलिउड अभिनेत्रत्री सन्नी लियोनले नेपाली चलचित्रमा अभिनय गरेकी छन्।उनले नेपाली चलचित्र पासवर्डमा अभिनय गरेकी हुन्।

बेलायतमा छायांकन गरिएको यो फिल्मको एउटा गीतको भिडियो बिहीबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ। 

सन्नी मेरो नाम...बोलको यो गीतमा अभिनेत्री लियोनलाई कामुक नृत्यमा प्रस्तुत गरिएको छ। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ। 

करिब २ करोड खर्च लागेको दाबी गरिएको यो गीतमा कोसरका साथ अभिनेत्री सन्नीले अभिनय गरेकी छन्।