चतरा / सप्तकोशी नदि कटान बाट बिस्तापित भएर वनक्षेत्रमा बसि रहेका परिवारहरु मुआब्जाको आशमा छन् । भने विभिन्न कारण तथा बसाई सराईको क्रममा एैलानी जग्गा खरिद गरि बस्दै आएका परिवारहरु लालपुर्जाको आशमा छन् ।
कोशी कटान पिडित , अब्यवस्थित सुकुम्बासीहरुलाई बिभिन्न समय समयमा मुआब्जा र जग्गाको धनी पुर्जाको आस्बसनमा सरकारले सर्बे , लगत संकल्न र उच्च स्तरिय आयोग पनि नबनेका भने हैनन् । तर ती सर्वे , लगत र उच्च स्तरिय आयोगको प्रतिबेदन कुन कुनामा छ भनेर साहेद धमिरालाई मात्र थाहा छ होला । चुनाव अगाडि एका एक चर्चामा आउने कोशि पिडितको मुदा र एैलानि समस्या जनप्रतिनिधिले गाऊ बिर्सेसंगै हराएर जान्छ । वडा अध्यक्ष देखि केन्द्रीय प्रतिनिधिले सम्म यदि मैले चुनाब जिते भोलि पल्टै थपकै तपाईं हातमा धनि पुर्जा मुआब्जा ल्याई दिने आस्वसन देखाए पनि त्यस्लै कहिले मुर्त रुप पाएको छैन् ।
नयाँ संरचना अनुरुप निर्वाचन भएको अौषदमा ढेर बर्ष भए पछि पुर्न यो मुदा सतहमा आएको छ । प्रदेश तहका नेताहरुले वराहक्षेत्र आएरै यो मुदामा चासो देखाएर हेर्ने प्रतिब्दता देखाए पछि कोशि पिडित र एलानी जग्गामा अब्यस्थित रुपले बसेका जनताको गाऊको सिहदरवार स्थानिय सरकारले पनि चासो देखाएको छ । वराहक्षेत्र नगरपालिकाले संघिय सरकारलाई सप्तकोशि नदि कटान पडित र सुकुम्वासी व्यस्थापन गर्न उच्च स्तरिय अधिकार सम्मपन छानमिन आयोगको माग गरेको छ ।
पहिलो नगर कार्यपालिकाको बैढकले गढन गरेको सप्तकोशी बाढि पिडित तथा सुकुम्वासी ब्यस्थापन समितिले शुक्रबार प्रेश बिज्ञप्ती मार्फत संघिय सरकारसंग उच्च स्तरिय आयोगको माग गरेको हो । सप्तकोशी नदीमा आएको पटक पटकका बाढीका कारण यस वराहक्षेत्र नगरपालिकाको पश्चिम तटिय क्षेत्रका दुइ हजार पाच सय २१ घर परिबारको चार हजारभन्दा ७७ बिग्गा १४ कढा दस दुर जमिन कोशिले कटान गरि मानिस, घर चौपाया र अन्य बस्तुहरु कटान डुबानमा परि त्यस क्षेत्रमा बसोबास गर्ने हजारौ जनता बिस्तापित भै कष्टकरण जीवन बिताउन बाध्य हुदा पिडित नागरिकहरुको समस्या समधान गर्ने पिडितहरुद्बारा गठित समितिहरुको माग र चाहनालाई ध्यानमा राखि यश नगरपालिकाले कोशी बाढिपिडितको समस्या समधान गर्न तथा यश नगरका आदा भन्दा बढि जमिन एैलानी , वनक्षेत्र , रेल्वेलाईन तथा बानडाडामा अव्यवस्थित रुपमा बसि रहेका नागरिकहरुलाई व्यवस्थित गर्न नगरिले लगत संकल्न गरिरहेकाले कोशि पडित र अव्यवस्थित बसोबास गरिरहेका परिबारले यथात रुपमा लगत संकल्न गर्ने समेत समितले प्रेस बिज्ञप्ती मार्फत अनुरोध गरेको छ ।
चुनावको समयमा आफुले जिते बिभिन सभामा र घोषणा पत्रमा नै सुकुम्बासीलाई पुर्जा र कोशि कटान पडितलाई क्षतिपूर्ति दिने भन्नु भएको थियो भन्ने जिज्ञासको प्रश्न दिदै प्रमुख खनालले सोही चुनाबको समयमा जनतासंग कबुल गरेका कुरालाई पूरा गर्ने लगत संकल्लन गरेको बताए । खनाले भने १ नम्बर प्रदेशका मुख्य मन्त्रि ज्युले वराहक्षेत्र नगरपालिकाबाट सुकुम्बासि र एैलानीको समस्या हल गर्ने भन्नु भएको छ । हामिले गर्ने लगत संक्लन गर्दैछौ नगर भित्र रहेका बस्तबिक कोशि पिडित र सुकुबासि छनोट गरि प्रदेश सरकार संघिय सरकार समक्ष पुराउछौ । मुख्य मन्त्री ज्युले हामिले आस्वसन दिनु भएको छ ।
हामिले सत्य तथ्य र बास्बिक छनमिन गर्न अधिकार सम्पन आयोगको संघिय सरकारसंग माग गर्दछौ। त्यस्तै नगरले गठन गरेको समितिका संयोजक भट्टराईले बास्बिक कोशी कटान पडित नागरिकको जीवन बढो कष्टकर गरेको बताए । उनले भने आफ्नो नम्बरी १०-१५ बिग्गा जग्गा कोशिले बगाएता पनि जग्गा धनिपुर्जा सिरानि मुनि राखेर वनको २-४ कढा जमिनमा कोहि बसेका र कोशिले कटान पडित नभएका मानिसहरु बन १२-१५ बिग्गा जमिन अोगटेर बसेका रहेको भन्दै वास्तविक कोशि कटान पडितको छानमिन र एैलानि जग्गामा बसेका मानिसहरुलाई ब्ययस्थापन गनु पर्ने बताए । नगर भित्र सुनसरी मोरङ्ग सिचाईबाट बिस्तापित भई बसेका र रेल्वेबाट बिस्तापित समेत परिबार नगरमा रहेको भट्टराईले बताए । उनले भने सप्तकोशि कटान पिडित नेपाल देखि बर्मामा समेत पुगेकाले सबैले लगत संक्लन गर्न पुर्ने भट्टराइले बताए ।


