जीर्ण नायकको सत्ता सपना!! (भाग -3)
धेरै दिन पछि!
जीर्ण नायक
अचानक सपनाबाट झल्यास्स ब्युझियो!
****
एकपटक ऎनामा!
अनुहार हेर्यो!
फुङ्ग उडेको अनुहार!
देखेर आफै तर्सियो!
**
म को ?
आफैले आफैलाई सोध्यो!
जीवनको रंग उडेको देखेर!
मन मनै बरबरायो!
-हत् पाजी जीन्दगी!
***
हाई काड्यो र
बार्दलीलीमा निस्कियो!
पुन: एकपटक लामो सास फेर्यो!
तल हेर्यो!
जयजयकार गर्नेहरूको भीड नदेखेर!
एकपटक विचलित भयो!
***
उसले अलि पर!
नुरगिरेका!
उत्साह मरेका!
आशामुखिहरु देख्यो!
उसको मन चसक्क भयो!
**
जीर्ण नायक!
स्वयम आज ज्यादै कमजोर थियो!
उसको अघि पछि हिड्ने!
लावा लस्करहरु थिएनन्!
उसको चाकडीमा चौबिसै घण्टा लाग्ने!
भीड थिएन!
उ भित्र कुनै जागर थिएन
***
जीर्ण नायकले एकपटक!
ठूलो आवाजले खोक्यो!
नायकको आवाज सुनेर!
आशामुखीहरू हच्किए!
मन लागि न लागि !
परर ताली बजाउँदै !
बरदली मुनि जम्मा भए!
*
आशामुखीहरु देखेर !
एकपटक नायक मुस्कुरायो!
तर मुस्कुराहटमा कुनै सजीवता थिएन!
पीडा थियो!
कुटिलता थियो!
***
गलित नायक वोल्न थाल्यो!
वोलीमा रस भर्न !
तानतुन गरे र दुई चारबटा!
टुक्का जोड्यो!
टुक्का सुनेर आसामुखीहरु
गल्ल हाँसे!
***
यसपटक! नायकले!
घर फर्केका!
विचरा केटाहरुको उछित्तो काड्यो!
कथित दश बुँदे सहमतीको
हुर्मत लियो !
विचार, विधिका कुरा गर्नेहरुको
दोहोलो काड्यो!
**
नायकको कुरा सुनेर
आसामुखीहरु दंग परे!
खुसीले थपडी बजाए!
***
नायकले पुन: वोल्यो!
मेरो बिरुद्ध वोल्न कसैले छुट छैन!
मेरो अहंकारमाथि दागा धर्ने कसैलाई
माफी हुदैन!
उसले भीड तिर हेरेर प्रश्न गर्यो!
मेरो बिरोधीहरुलाई संसद छिर्ने किन दिने?
नायक उत्तेजित भयो!
हात माथि उठाएर भन्यो!
एम सिसि पास गर्न नदिने
सभामुख मुर्दावाद!
संविधान रक्षामा लाग्नेहरु मुर्दावाद!
**
अन्त्यमा!
थकित नायकले!
आसामुखीहरुलाई आदेश दियो!
लोकतन्त्रको कर्म थलो!
संसदमा हुलदंगा मच्चाउ!
सबै मर्यादाहरु तोडेर भएपनि
मुक्का मुक्की गर!
कुर्ची र माएक भाच!
स्वार्थकोलागि भए पनि
लोक तन्त्रको चीर हरण गर!
मेरो सिर्फ मेरो जय गान गाउ!
**
नायकको आदेशमा!
सेनाहरुले शिर निहुराए!
आदेश पालना गर्ने कसम खाए!
***
यति वोलीसके पछि!
बृद्ध, जीर्ण नायकले लामो सास फेर्यो!
एक गिलास चिसो पनि खायो!
अनि
बरदालीबाट भित्र छिर्यो!
****
भनिन्छ!
आजभोली आसामुखीहरु!
जीर्ण नायकको निर्देशनमा!
संसदमा!
ताण्डव मच्चाई रहेछन्!
आदेश तामेलीमा व्यस्त छन्!
**
यता!बृद्ध,जीर्ण नायक !
भने!
सत्ता सपनाको मनचिन्ते!
झोलुङ्गोमा झुली रहेको छ!
*****




















