काठमाडौं, २८ भदौं । नागरिक आन्दोलनका अगुवा तथा वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले भीम रावल, योगेश भट्टराई, धनश्याम भुसाललगायतका एमाले नेताहरु अहिले घर न घाटका भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत् संग्रौलाले आत्मसमर्पणको शैलीमा केपी ओलीलाई साथ दिएका उनीहरुलाई अहिले ओलीले भाउ नदिँदा उनीहरुको राजनीतिक हैसियत कमजोर बनेको बताएका हुन् ।
एमालेमा आन्तरिक विवाद चल्दा शुरुमा रावल, योगेश, घनश्याम लागायतका १० जना नेताले माधव नेपाललाई साथ दिएका थिए । एमाले अध्यक्षसमेत रहेका ओलीलाई सत्ताच्युत गर्न निर्णायक भूमिका खेलेका उनीहरुले एमाले विभाजनको बेला भने नेपालको साथ छाडेका थिए ।
‘आफै इँइँ–मिमी गर्दै, हात मल्दै पाउमा लत्रिने भक्तलाई प्रभुले किन भाउ दिन्थ्यो ?’ संग्रौलाले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘हेर्नोस्त प्रभुद्वारा उपेक्षित रावल, योगेश, घनश्यामादिको बिजोक ! न मुन्टो लुकाउने घर छ न घाट जाने बेला भा’ छ । आफूलाई कठै भन्दिने आफूबाहेक कोही छैन !’नयाँ पेजबाट



















