✍️  राधाकृष्ण देउजा

आज मात्रै सम्मानित सर्वोच्च अदालतले एमाले विभाजित भै नेकपा एकीकृत समाजवादी दर्ता हुने समयमै निर्वाचन आयोग गएर एकीकृत समाजवादीको सांसद रहने गरि सनाखत गरी पाऊँ भनेर निवेदन गर्दा समेत निर्वाचन आयोगले त्यसो गरिदिन नमानेकै हुनाले मात्रै केपी ओलीको गुट अर्थात नामको एमालेमा बस्न बाध्य दुइ सांसदलाइ समेत नेकपा एकीकृत समाजवादीको सांसदको भूमिकामा काम गर्न बाधा नगर्नु भनेर आदेश गरिसक्यो !

तर अझै पनि संविधान मिच्ने , लोकतन्त्रलाइ किच्ने केपी ओलीका चल्लाहरु चाहिं संसद जोगाउन आफु राजनीतिक रुपमा बलिदान हुन तयार भएका अनि अहिले संवैधानिक , कानुनी र लोकतान्त्रिक सबै हिसाबले साँसद कायम रहेकाहरुलाइ गैर सांसद करार गर्दै संसदमा रोइलो गरिरहेका छन ।

उनीहरु निरन्तर आफ्ना सरदार केपी ओलीले दुइ पटक विगठन गर्नु भएको अनि सम्मानित अदालतले पुनर्स्थापना गरेको संसदमा उपस्थित भएर , त्यहाँ बबण्डर गरेर सरदारलाइ खुसि पार्न संसदको मर्यादा माथि प्रहार गरेक गरेकै हुनुहुन्छ ।

धन्न संसदको सक्रियताको महत्व बुझेको , अनि संसदको कारवाही रोक्न उद्दत अल्पमत सदस्यहरु भन्दा त्यसलाइ सक्रिय पार्नु पर्छ भन्ने वहुमत सदस्यहरुको भावना अनुसार काम गर्नु आफ्नो दाइत्व हो भन्ने जानेका सभामुख संसदले पाएको रहेछ र त आज बजेट रोक्ने , अनेकन आवश्यक ऐन र विधयकहरु रोक्ने र तहस नहस पार्ने केपी ओलीको खेल पुरा हुन पाएको छैन । सलाम सभामुखलाइ !