मोरङ,२६ असोज । नेकपा (एस)निकट नेपाल खेलकुद महासंघ मोरङ जिल्ला कमिटीको अध्यक्षमा राम लिम्बु चयन भएका छन । नेपाल खेलकुद महासंघको मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले लिम्बुलाई चयन गरेको हो ।
श्रीलंकामा भएको १० औ सार्क गेमको कराते खेलमा गोल्ड मेडल प्राप्त गरेका लिम्बु नेकपा (एस) मोरङ जिल्ला कमिटी सदस्य पनि रहेका छन । खेलकुद महासंघले आफुलाई बिश्वास गरी जिम्मेवारी दिएकोले पुर्ण रुपले पाल्न गर्दै पार्टी र खेल, खेलाडी को शिर उच्च राख्ने कुरा अध्यक्ष लिम्बुले बताए ।




















