✍️ राधाकृष्ण  देउजा

आजको नेपालमा कुनै पनि मानिसलाइ “ ढुलमुले , स्वार्थी , अवसरवादी र भर नभएको मानिसहरुको प्रवृतिलाइ के भन्छन ?” भनेर सोध्यो भने केहि थान अज्ञानी वाहेक अरुको उत्तर “ योगेश भट्टराई”भन्ने हुन्छ । केवल आफ्नो निजि स्वार्थको रक्षार्थ प्रतिगामी , अलोकतान्त्रिक , असंवैधानिक र अधिनायकी केपी ओलीको पाउ परेका योगेश भट्टराईले त्यसो गर्दै गर्दा आफ्नो त इज्जत (भलै त्यो जनतामा सृजित भ्रममा आधारित थियो ) त माटोमा मिलाएका थिए नै , संगसंगै युवाहरुमा स्वाभाविक रुपमा निस्वार्थतता र अग्रगामी सोच हुन्छ भन्ने मान्यतामै सवाल खडा गराइदिएका थिए ।

त्यसैले आज योगेश भट्टराईहरु केवल राजनीतिमा अवसरवादी विचलनको ज्वलन्त उधाहरण मात्रै हुन, त्यसैले उनले के भने भन्ने खासै महत्वको कुरा हैन । तर जहाँसम्म केपी ओलीको गुट रुपी एमालेको महाधिवेशनमा नेकपा एकीकृत समाजवादी र त्यसका अध्यक्ष माधव नेपाललाइ नबोलाउने भन्ने केपी ओली गुटले उनका आदेश पालक योगेश भट्टराई मार्फत गरेको उदघोष छ , त्यो चाहिं अत्यन्त सामान्य र स्वाभाविक हो । किन ? किन भने नेकपा एमाले माधव नेपाल सहित हाल एकीकृत समाजवादी पार्टीमा रहनु भएका थुप्रै नेताहरुले निर्माण गरेको पार्टी हो ।

त्यस पार्टीमा अहिले पनि माधव नेपालको स्वच्छता , दृढता र सक्रियता देखेर नतमस्तक हुनेहरुको ठुलो पंक्ति छ जो एमाले पार्टीको नाम र इतिहासलाइ छोडन नसकेर ओलीको सेख पछि नै भएपनि एकता हुन्छ र असली एमालेहरु आखिर एकै ठाउँमा पुगिन्छ भन्ने सोच लिएर आँशु पिएर त्यहाँ रहेको छ । हो तिनै असली एमालेहरुले आफ्नो आदर्शको प्रतिनिधित्व गर्ने आफ्नो नेता माधव नेपाल एमाले महाधीवेशनमा आउँदा वहाँको पक्षमा हुन सक्ने हुटिङ्ग र त्यसले केपी ओली क्याम्पमा सिर्जना गर्न सक्ने आतंकले पिरोलेर वहाँलाइ महाधिवेशनमा निमन्त्रणा नगर्ने भन्दै स्याल हुँइया गरिएको हो ।

त्यसैले त्यसलाइ सामान्य नै लिनु पर्छ । अनि माधव नेपाल र वहाँ नेतृत्वको पार्टीलाइ निमन्त्रणा नगर्ने स्याल हुँइया गर्दै गर्दा विचरा योगेश भट्टराईले भनेछन “ एकीकृत समाजवादीको ठेगाना प्रष्ट छैन, त्यसैले बोलाउँदैनौ” , यो पनि ठिकै हो किन भने माधव नेपाल र वहाँ जस्तै त्यागीहरुको पार्टीको खास ठेगाना हुदैन किन कि जनताको पार्टीको वास जनताको मुटुमा हुन्छ । जनताको मन मुटुमा बस्नेहरुको ठेगाना हैन पहिचान ठुलो हुन्छ । योगेश भट्टराई र उनका मालिक र तिनका सेवकहरुले बरु आफ्नो आफ्नो ठेगाना सहि सलामत छ छैन हेर्दा हुन्छ ,किन कि जनता बाट वहिष्कृत तिरष्कृत हुनेहरुलाइ चाहिं घर ठेगानाको खाँचो जरुर हुनेछ ।