काठमाडौं,२० फागुन । ठुलो संख्यामा कलाकारहरु नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई पूर्वप्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी प्रवेश गराएका हुन् ।
नेता खनाल निवासमा बिहीवार आयोजित एक कार्यक्रमका बीच निर्देशक कलाकार मिन रावल, आइसा कार्की, देव कुमार मर्जहन, सुहाना क्षेत्री, कूल बहादुर कुमाल, कल्पेस विक, भीम बहादुर खड्का, दिपक भण्डारी, संगिता श्रेष्ठ, मोहमद अकबर, बबिता श्रेष्ठ, एमो श्रेष्ठ, अमन श्रेष्ठ, राजेन्द्र पूरी, ओम श्रेष्ठ, भीम कान्त धिताल, सहित ३० भन्दा बढी नेकपा (एकीकृत समाजवादी) पार्टी मा प्रवेश नेता खनालको सचिवालयले जनाएको छ ।
नव प्रवेशी कलाकारहरुलाई जनसांस्कृतिक महासङ्घको केन्द्रीय सदस्य टेकेन्द्र न्यौपानेको अगुवाइमा गएको कलाकारहरुको टोलीलाई नेता खनालले खादा ओढाइ पार्टीमा स्वागत गरेका थिए । उक्त भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा कलाकारहरुले पार्टीलाई कसरी अगाडि बढाउने तथा पार्टीभित्रको भूमिका बारेमा छलफल भएको बताइएको छ ।


















