मुम्बई। टेलिजिनको दुनियामा ‘द कपिल शर्मा शो’ किनै चर्चित भइरहेको छ। केही दिन अगाडि यो कार्यक्रमले आफ्नो ५० भाग पूरा गरेको छ। सो अवसरमा शोका टिमले सेलिब्रेशन पनि गरे। योसँग कपिलको शोमा नयाँ सदस्यको आगमन भएको छ।  

कपिलको शोमा नयाँ भूमिकामा चाँदनीको प्रवेश भएको छ। जसको भूमिकामा चन्दन प्रभाकर देखिएका छन्। चाँदनीको प्रवेशसँगै कप्पू शर्मालाई गाली गर्न थालिन्। शो को एक प्रोमो भिडियो सोनी टिभीको ट्विटर ह्याण्डलबाट शेयर गरिएको छ।

शोमा प्रवेश गर्ने वित्तिकै चाँदनीले भनेकी छन्–आज त तिमीहरु धेरै खुशी भएका होलाउ, जो महिला आफ्ना बच्चालाई मन्दिको सिँढीमा छोडेर आएकी थिइन्। आज त्यही महिला आफ्नो बच्चाको ढाबेकालागि तिम्रो शो को सिढीँ चढेर आएकी छे।’

शोमा आफ्नो परिचय दिँदै चाँदनी भन्छिन्, ‘चन्दुकी आमा हुँ म, श्रीमती चाँदनी।’ त्यसपछि उनले कपिललाई गाली गर्न थाल्छिन्। ‘जब मेरो चन्दुका विषयमा बोल्दा तिमीलाई दुख लाग्दैन।’

यो क्रममा कपिल केही भन्न खोज्छन्। तर चाँदनी उनलाई बीचैमा रोक्छिन् र भन्छिन्, ‘अब म तिमीलाई छोड्दिन।’ जवाफमा कपिल भन्छन्, ‘मैले के गरेँ?’ जवाफमा चाँदनी भन्छिन्, ‘ सबै तिमी त गर्छौ, मेरो छोरालाई हो हो भन्न मात्र राखेको हो?’
त्यसपछि सुमोना भन्छिन्, ‘आन्टी मेरो कुरा सुन्नुस्। आन्टी भनेको सुन्ने वित्तिकै चाँदनी बिच्किन्छिन्।