मोरङ ,२६ फागुन । नेकपा एमाले विश्रामपुर गाउँ पालीका कमिटीद्वारा होलि मिलन कार्यक्रम सपन्न भएको छ । आउदो चैत्र ४ -५ मा परेको फागु पर्वको अवस्वरमा होलि मिलन तथा सुभकामना आदान प्रदान गरीएको हो ।
सो कार्यक्रमा प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्यूरो सदस्य पूर्ब मन्त्री पुरूषोत्तम पौडेल अतिथिहरु नेकपा एमाले प्रदेश कमिटी सदस्यहरु राजमहमद राय, सोचन यादव,मोबिन आलम,रामपाल यादव,उमेश गुप्ता, बारा क्षेत्र नं ३ का प्रत्यासी संघीय सांसद अध्यानन्द पाण्डे,नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्यहरु पुरुषोतम साह,शर्मा वैठा ,राम क्षेत्री,लगायतले होलि पर्वको सुभकामना ब्याक्त गरेका थिए ।
विश्रामपुर गाउँ पालीका कमिटी अध्यक्ष धर्मदेव यादवको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमा जेष्ठ नागरिक, बुद्धिजीबी तथा अवकास कर्मचारीहरुलाई कार्यक्रम अध्यक्ष तथा प्रमूख अतिथिद्वारा टिका लगाई गम्छा ओढाएर सम्मान गरीएको युवा नेता रुसतम अंसारीले बताए ।
सो कार्यक्रमा पार्टी जनवर्गीय संगठनका पदाधिकारिहरु लगायत पार्टीका बिभिन्न तहतापकाका नेता,कार्यकर्ता, स्थानीय,अगुवा बुद्धिजीवी, महिलाहरु उपस्थितिमा भब्यताको साथ सम्पन्न भएको कार्यक्रमलाइ युवा नेता रुसतम अंसारीले संचालन गरेका थिए ।


















