पथरीशनिश्चरे ,२७ फागुन । पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आजको खेलमा शिखर एफसी विरुद्ध टेन नवोदयले १-० अन्तरले गोल गर्दै ७ अंक जोडेको छ। प्रिमियर लिग’-०७८ अन्तर्गत बिहीबार भएको खेलमा शिखर एफसीविरुद्ध टेन नवोदयले १ को विरुद्ध ० गोल गर्दै आफ्नो टिमलाई विजयी तुल्याएको हो ।

खेलको दोस्रो हाफको २९ औं मिनेटमा टेन नवोदयका जसी७ का सविना लिम्बु शिखर एफसीका खेलाडीले लगाएपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै जर्सी नं २३ मीन धिमालले हानेको बलले नेट चुम्दै आफ्नो टिमलाई विजयी तुल्याएको थियो।

यो जीतसंगैं टेन नवोदय एफसीको ७ अंक पुगेको छ भने आजको खेलमा पराजित शिखर एफसीले यस अघिका खेलमा ६अंक जोडेको थियो । म्यान अफ दि म्याच टेन नवोदय एफसीका मीन धिमाल घोषित भएका थिए। उनलाई नगद ३ हजार रुपैयाँ सहित मेडल र ट्रफीद्वारा पुरस्कृत गरिएको थियो। भोलिको खेल लाई जी एफसी र वाई एफ सी विच हुने आयोजकले जनाएको छ।