केराबारी,२७ फागुन । आजबाट केराबारी गाउँपालिकामा दोस्रो गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिका उप-प्रमुख तथा खेलकुद विकास समितिकि अध्यक्ष शान्ति कुमारी लिम्बूको अध्यक्षतामा आज उद्घाटन सत्र सम्पन्न भएको छ ।

275477441_484661966479067_1871558633821268120_n (2)

गाउँपालिका प्रमुख रोहित कार्कीको प्रमुख आतिथ्यता तथा पुर्व जिविस सभापति खड्ग बहादुर बस्नेतको विशिष्ट आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा १० वटा वडा देखि खेलकुद प्रेमी तथा खेलाडीहरुको सहभागिता रहेको थियो ।

275330621_540794984021804_1681998177199396743_n (2)

कार्यक्रमको सञ्चालन केराबारी खेलकुद विकास समितिका सचिव विवेक भुजेलले गर्नुभएको थियो । चैत ५ सम्म चल्ने खेलकुद प्रतियोगिता फुटबल, भलिबल र डाेरितान गरि ३ विधामा चल्ने खेलकुद व्यवस्थापन उपसमितिका सदस्य सङ्गम कन्दङ्वाले बताउनु भयो ।

275323701_1591842891172036_967274959517029935_n