पथरी शनिश्चरे, २९ फागुन । मोरङको पथरी शनिश्चरे २ मा महिलाहरूका लागि आजबाट ३ महिने सिलाइ कटाई तालिम सुरू भएको छ ।
चौबन्दी माहिला समूहको सो कार्यक्रम उद्घाटनपछि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले महिलाहरूले आफ्नो पहिचान आफैं बनाउन यसखाले सिपमुलक कार्यक्रम उपयोगी हुने बताउनु भयो । सो अवसरमा बोल्दै कार्यपालिका सदस्य अरुणा राई, महिला फेडेरेशन नगर अध्यक्ष गोमा दहाल निरौला, पथरी क्याम्पस संचालक सदस्य तेजबहादुर बुढाथोकीले नगरको समृद्धिका लागि आर्थिक बिपन्नहरूको जीवनस्तर उकास्दै दिगो जिविकोपार्जनतर्फ महिलाहरु अघि बढनु पर्नेमा जोड दिनु भयो ।
नगरपालिका कार्यालयको महिला लक्षित कार्यक्रमका लागि १ लाख ९० हजार बजेटमा २ नम्बर वडाका ३० जनाको लागि तालिम संचालन गरिएको छ । ज्ञानु राई र सरिता गुरुङले तालिमको सहजिकरण गर्नु भएको छ । समूह अध्यक्ष नीता राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।



















