सुन्दरहरैँचा,२ चैत । मोरङको सुन्दरहरैँचा नगरपालिका अवस्थीत एक दलित परिवारलाइ नेकपा एमाले निकट युवा संघ ९ नम्बर वार्ड शाखा कमिटीले सहयोग गरेको छ । गत फागुन २४ गते आत्महत्या गरीकी १८ बर्षीय वर्षा परियारको परिवारलाइ १२ हजार पच्चीस रुपैया आर्थिक सहयोग गरेको हो ।

आर्थिक रुपमा बिपन्न स्वर्गीय परियारको परीयारलाइ थोरैभएपनि आर्थिक भारलाई मलम लगाऊन सहयोग गरीएको युवा संघ ९ नम्बर वडा शाखा कमिटीका अध्यक्ष भविन पाण्डेले बताए ।

275984058_4985105618221471_8891483349843032874_n

स्वर्गीय परियार प्रती श्रद्वान्जली अर्पण गर्दै परिवार प्रती समवेदना प्रकट गर्न नेकपा एमालेका नेता तथा प्रदेश सांसद राजकुमार ओझा, नेताहरु केदार गुराइ,भक्तकिरण राइ, ९ नम्बर वडाका अध्यक्ष राजकुमार कार्की, युवा नेताहरु राजन पाठक, बिष्णु कार्की , नरेश कार्की लगायतको उपस्थिती रहेको थियो ।

रास्ट्रीय युवा संघ ९ नम्बर वडा शाखा कमिटीले जनताको सेवामा सामाजिक कार्य गर्दै आएको कुरा उपाध्यक्ष शम्सेर खानले बताए ।